fbpx

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिका पठाउन क्यानको दौडधुप, खेलकुदमन्त्रीसँग छलफल

author

समाचारपाटी

३ हप्ता अगाडि

काठमाडौं । टी–२० विश्वकपको लागि अमेरिका जान क्रिकेटर सन्दीप लामिछानेलाई नेपालस्थित अमेरिकी दूतावासले भिसा दिन अस्विकार गरेपछि नेपाल क्रिकेट संघ (क्यान)ले पहल थालेको छ। अमेरिकाले भिसा नदिएपछि लामिछानेले विश्वकप गुमाउने भन्दै क्यानले प्रधानमन्त्री कार्यालय, गृहमन्त्री र खेलकुदमन्त्रीसँग पहल थालेको हो ।

राप्रपाका प्रमुख सचेतक ज्ञान बहादुर शाहीले लामिछानेलाई विश्वकप खेल्न अमेरिका जाने भिसा प्रक्रियाका लागि प्रधानमन्त्री कार्यालयदेखि गृहमन्त्री र खेलकुदमन्त्रीसँग पहल गरिरहेको जानकारी गराउनुभएकाे छ। लामिछाने, क्यान सचिव पारस खड्का, लामिछानेको वकिल सरोज घिमिरेसहित सांसद शाही बिहान खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलाई भेट्न पुल्चोकस्थित मन्त्री क्वार्टरमा पुग्नुभएकाे छ। उहाँले लामिछानेले विश्वकप खेल्ने बाटो खुल्ने आशा व्यक्त गर्नुभयाे।

शाहीले फेसबुकमा लेख्नुभएकाे छ,‘आज एकाबिहानैदेखि सन्दिप लामिछानेलाई विश्वकप खेल्न अमेरिका जाने भिसा प्रक्रियाका लागि नेपाल सरकारका सबै निकाय प्रधानमन्त्री कार्यालय,गृहमन्त्री र खेलकुद मन्त्री ज्युसँग पहल गरेका छौं। आशा छ विश्वकप खेल्ने बाटो खुल्ने छ रु नेपाली चन्द्र सुर्य झन्डा फरफराउने छ १ जय नेपाल।’

क्रिकेटर लामिछानेले सामाजिक सञ्जालमार्फत् बुधबार आफूले भिसा नपाएको जानकारी दिनुभएकाे थियाे। उहाँले सन् २०१९ मा जस्तै यसपटक पनि काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको बताउनुभयाे।

विश्वकप खेल्न नपाएपछि उहाँले आफ्ना समर्थकहरूसँग माफी माग्नुभएकाे छ। बलात्कार अभियोग लागेका लामिछानेलाई हालै उच्च अदालत पाटनले सफाइ दिएको थियो। काठमाडौं जिल्ला अदालतबाट ८ वर्ष कैद सजाय भएको मुद्दा उल्टाउँदै पाटनले आरोप पुष्टि नहुने भन्दै लामिछानेलाई सफाइ दिएको थियो।

नेपालले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली अमेरिका पठाइसकेको छ। त्यतिबेला सन्दीपको मुद्दा अदालतमा विचाराधीन भएकाले टोलीमा समेटिएका थिएनन्। उच्च अदालत पाटनबाट गत बुधबार सफाइ दिएसँगै लामिछानेको विश्वकप खेल्ने बाटो खुलेको हो।

टी–२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा नेपाली क्रिकेट टोलीले अभ्यास खेल पनि खेलेको छ। नेपाली टोलीले क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्नेछ। क्यानडासँग‌ मे २७ र अमेरिकासँग मे ३० मा वार्मअप म्याच हुनेछ।

नेपालले जुन ४ मा टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सको सामना गर्नेछ। समूह डीमा नेपालसहित दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन्। नेपालले दोस्रो खेल श्रीलंकासँग जुन ११, तेस्रो खेल दक्षिण अफ्रिकासँग जुन १४ र चौथो खेल बंगलादेशसंग जुन १६ मा खेल्नेछ।

annapurnapost


काठमाडौं

बिहिबार, जेष्ठ ३१, २०८१

२८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

राष्ट्रपति महिला उत्थान कार्यक्रम खारेज गर्न प्रेम सुवालको माग

एमालेको माग, भारत भ्रमणबारेमा प्रधानमन्त्रीले संसद्‍लाई जवाफ दिनुपर्छ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन