fbpx

ब्लाइण्ड टी २० विश्वकपको सेमिफाइनलमा नेपालले पाकिस्तानसँग खेल्दै

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौं । पाकिस्तानमा जारी ब्लाइण्ड टी २० क्रिकेट विश्वकपमा नेपालले आज सेमिफाइनल खेल खेल्दै छ । मुल्तानमा हुने पहिलो सेमिफाइनल खेलमा नेपालले घरेलु टोली पाकिस्तानसँग खेल्न लागेको हो । खेल अपरान्ह पौने १२ बजेदेखि सुरू हुनेछ ।नेपालले लिग चरणमा दुई जित र तीन हारसहित ४ अंक र भारतसँगको खेलमा वाकओभरमार्फत पाएको ६ अंकसहित शीर्ष चारमा रहँदै सेमिफाइनलमा स्थान बनाएको थियो । नेपाल पहिलोपटक ब्लाइण्ड क्रिकेट विश्वकपको सेमिफाइनलमा पुगेको हो ।

नेपाल श्रीलंकासँग ७० रनले, बंगलादेशसँग ६७ रनले पराजित भएको थियो । त्यसपछि अफगानिस्तानलाई १०८ रनको फराकिलो अन्तरले पराजित गरेको नेपालले दक्षिण अफ्रिकामाथि ११ रनको रोमाञ्चक जित निकालेको थियो । पाकिस्तानसँग नेपाल लिग चरणमा १० विकेटले सहजै पराजित भएको थियो । लिग चरणमा अपराजित रहँदै शीर्ष स्थानमा रहेको पाकिस्तान उपाधिकै दाबेदार टोली हो ।

तर सेमिफाइनलमा घरेलु टोलीलाई कडा चुनौती दिने गरी मैदान उत्रने नेपाली टोलीका मुख्य प्रशिक्षक नहेन्द्र निरौलाले बताउनुभयाे । ‘भोलीको सेमिफाइनल पाकिस्तान हामी भन्दा धेरै बलियो टिम भएता पनि आफूलाई कमजोर नमानी उच्च मनोबलका साथ खेल्नेछौं’ उहाँले भन्नुभयाे, ‘ब्याटिङ लाइन बलियो बनाएर २०० टार्गेट दिने लक्ष्य छ । त्यसो भयो भने खेल प्रतिस्पर्धात्मक हुन्छ ।’

यस्तै कप्तान रमेश बानियाले पनि पाकिस्तानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने बताउनुभयाे । ‘पहिलो पटक सेमिफाइनल खेल्दैछौँ । हाम्रोतर्फबाट फिल्डिङ बलिङ ब्याटिङ सबै क्षेत्रमा शतप्रतिशत दिनेछौँ’ उहाँले भन्नुभयाे, ‘उनीहरुले कस्तो खेल्छ भन् गेम हेर्नेलाई थाहा छ । तैपनि हामीले हार मानेका छौँ । उनीहरुलाई ठूलो टार्गेट दिने गरी हामीले तयारी गरेका छौँ ।’


काठमाडौं

आइतवार, माघ ६, २०८१

२२.९६°

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक