fbpx

माछापुच्छ्रे क्रिकेट क्लव पोखरा महानगरपालिका टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा

author

समाचारपाटी

२ हप्ता अगाडि

सन्देश श्रेष्ठ,पोखरा । माछापुच्छ्रे क्रिकेट क्लव पोखरा महानगरपालिका दोश्रो अन्तर क्लव पुरुष टि–२० क्रिकेट प्रतियोगिता २०८१ को फाइनलमा प्रवेश गरेको छ । शनिबार लेखनाथमा भएको खेलमा राईजिङ क्रिकेट क्लवलाई ९६ रनले पराजित गर्दै माछापुच्छ्रे क्रिकेट क्लव प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

शनिबार भएको खेलमा राईजिङ क्रिकेट क्लवले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको माछापुच्छ्रे ले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६६ रन बनाएको थियो । माछापुच्छ्रे का लागि धिरज अधिकारीले ४४ बलमा ६६ रन, सुमित श्रेष्ठले ४४ बलमा ५२ रन र आतिष न्यौपानेले २५ बलमा २७ रनको योगदान दिए ।

१६७ रनको मध्यम लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको राईजिङ निर्धारित २० ओभरमा अलआउटहुँदै ७२ रनमा सिमित भएपछि माछापुच्छ्रे बिजयी भएको हो । राईजिङका अनिष रावतले ३३ बलमा २७ रन र भानुभक्त लम्सालले १७ बलमा २२ रन बनाएपनि हार टार्न सकेनन् । राईजिङलाई सस्तैमा समेट्न माछापुच्छ्रे का प्रमोद बास्तोलाले ५ रन खर्चेर ४ विकेट हत्याए । उनै प्रमोद बास्तोला प्लेयर अफ दी म्याच घोषित भएको आयोजक पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत आज दोश्रो सेमीफाइनल खेलमा कास्की क्रिकेट क्लव र लेखनाथ क्रिकेट क्लव फाइनल प्रवेशका लागि प्रतिष्पर्धामा उत्रिने अध्यक्ष पुनले जानकारी दिए ।


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

१२.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...