भोलिदेखि दुईपक्षीय टी-२० दृष्टिविहीन महिला क्रिकेट सिरिज पोखरामा सुरु हुने

author

समाचारपाटी

२ years अगाडि

पोखरा । नेपाल भारत दुईपक्षीय टी-२० दृष्टिविहीन महिला क्रिकेट सिरिज भोलिदेखि पोखरामा सुरु हुने भएको छ । भोलिदेखि सुरु हुने प्रतियोगिता वैशाख १७ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा सहभागी हुन भारतीय टोली सोमबार पोखरा आइपुगेको छ । नेपाली टोली विगत एक महिनादेखि नै पोखरामा बन्द प्रशिक्षणमा छ । सिरिजको दुई खेल पोखरा क्रिकेट मैदान र बाँकी ३ खेल काठमाडौं मूलपानी क्रिकेट मैदानमा हुनेछ ।

क्रिकेट बलमा रहेको ध्वनीको सहायताबाट दृष्टिविहीन खेलाडीले क्रिकेट खेल्ने गर्दछन् । क्रिकेट टोलीमा रहेका दृष्टिविहीन खेलाडीलाई ३ वटा समूहमा विभाजन गरिएको छ । जसमा बी १ खेलाडी अर्थात् पूर्ण दृष्टिविहीन, बी २ मा मध्यम दृष्टि र बी ३ न्यून दृष्टि भएका खेलाडी समावेश हुनेछन् ।

नेपाली दृष्टिविहीन महिलाले ११ वर्षअघिबाट व्यावसायिक रुपमा क्रिकेट खेल्न सुरु गरेका हुन् । हालसम्म दृष्टिविहीन महिला क्रिकेट खेलाडीले सन् २०१४ मा बेलायत र सन् २०१९ पाकिस्तानसँगको अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता जितेको थियो ।

नेपाली टोली भगवती भट्टराई बराल र भारतीय टोलीको सुष्मा पट्टेलले कप्तानी भूमिका निभाउनुहुनेछ । कप्तान भट्टराईले भारतीय टोलीसँग खेल्न आफूहरु तयार रहेको बताउनुभयाे ।

प्रतियोगितामा प्रथम हुनेले ७५ हजार रुपैयाँ, दोस्रो हुनेले ४५ हजार रुपैयाँ र प्रति खेल उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । नेपाली टोलीको मुख्य प्रशिक्षकमा रिजन प्रजु तथा प्रशिक्षकमा नहेन्द्र निरौला हुनुहुन्छ ।

नेत्रहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरेले प्रतियोगिता जित र हारभन्दा पनि दृष्टिविहीनप्रतिको सोच बदल्नका लागि आयोजना गरिएको सुनाउनुभयाे। ‘दृष्टिविहीनप्रति राखिने सोच परिवर्तन गर्न र अवसर पाए दृष्टिविहीन महिलाले पनि राष्ट्रका नाम राख्न सक्छन् भन्ने सन्देश दिन खेल आयोजना गरिएको हो,’ उहाँले भन्नुभयाे ।

दृष्टिविहीन महिला क्रिकेट टोलीमा भगवती भट्टराई, गीता पौडेल, प्रतिभा राई, माया लुंगेली, सुस्मा तामाङ, मुना अर्याल, रिता थापा, मनकेशरी चौधरी, कान्ति योगी, सरिता घिमिरे, बिनिता मगर सोमाई, विनिता पुन, विमला राई, निशा चौधरी र दिल्लीशरा धमला सहभागी हुनेछन् ।


काठमाडौं

शुक्रबार, बैशाख ५, २०८२

२५.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्ने धृष्टता...

प्रधानमन्त्री ओलीद्वारा थाई व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ

अरुणा लामा र तारादेवीलाई ट्रिब्यूट दिदै पोखरामा गुञ्जियो कालजयी...