सिरियामा भग्नावशेषबाट जिवितै उद्धार गरिएकी शिशुको काका काकीलाई अस्पतालले लगायाे जिम्मा

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । सिरियामा भूकम्पको भग्नावशेषबाट जिवितै उद्दार गरिएकी शिशुको जिम्मा शिशुका काका काकीले लिएका छन्। डीएनए परीक्षणबाट काका काकी नातेदार पुष्टि भएपछि अस्पतालले जिम्मा लगाएको हो। शिशु र काकीको डीएनए परीक्षण गरिएको थियो।

भूकम्पले भत्किएको घरभित्र जन्मेकी नवजात शिशुको जिम्मा लिन हजारौं इच्छुक देखिएका थिए। तर,अस्पतालले शिशुका आफन्त नआएसम्म कसैलाई नदिने बताएको थियो।

सिरियाको अलेप्पो प्रान्तको अफ्रिन भन्ने सहरमा उद्दारकर्मीहरूले ती शिशुलाई आमाको गर्भनालयमा जोडिएको अवस्थामा फेला पारेका थिए। ती शिशुको नाम अफ्रा राखिएको छ। उद्दारकर्मीहरूले भने आया राखेका थिए। जसको अर्थ अरबीमा चमत्कार हो।

उद्धारकर्ताहरूले भग्नावशेषबाट निकालेको भीडीयो सामाजिक सञ्चालमा भाइरल भएपछि हजारौं मानिसले शिशुको पालनपोषणको जिम्मा लिन इच्छा देखाएका छन्।

भूकम्पमा परेर आयाका आमा बाबु र ४ जना दाजुभाइ र एक काकीको मृत्यु भएको थियो। भूकम्पले भत्केको घरभित्रै आयालाई जन्म दिएपछि उनकी आमाको मृत्यु भएको छिमेकीले बताएका छन्। अस्पताल पुर्‍याउँदा उनको अवस्था नाजुक थियो।

हाल शिशुको स्वास्‍थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन्।

एजेन्सी


काठमाडौं

आइतवार, बैशाख १४, २०८२

१७.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन