fbpx

इजिप्ट र अमेरिकी विदेशमन्त्रीबीच सिरियाको घटनाक्रमबारे छलफल

author

समाचारपाटी

१ महिना अगाडि

इजिप्टका विदेश मन्त्री बद्र अब्देलाट्टी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सिरियामा हालैका घटनाक्रमका बारेम छलफल गर्नुभएको छ । दुवै पक्षले सिरियामा स्थायित्व पुनःस्थापनाको लागि बाटो प्रशस्त गर्नका लागि कुनैपनि सिरियाली राष्ट्रिय घटक वा दलहरूलाई बहिष्कृत नगर्ने वृहत राजनीतिक प्रक्रिया अपनाउने महत्वमा जोड दिनुभयो । अब्देलाट्टीले सिरियाको सार्वभौमिकता, एकता र भूमि सुरक्षाको लागि इजिप्टको समर्थनलाई पुष्टि गर्नुभयो । इजिप्टले गोलान हाइट्स र अन्य छिमेकी स्थानहरूमा डिसैनिकीकृत बफर जोनको नियन्त्रणलाई इजिप्टले अस्वीकार गरेकोमा जोड दिएको छ । साथै यसलाई सिरियाली क्षेत्रहरूको कब्जा र अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन भएको बताएको छ । अन्तर्राष्ट्रिय समुदायलाई सिरियामा कुनैपनि आक्रमण रोक्न आफ्नो जिम्मेवारी लिन आग्रह गर्नुभयो । आफ्नो पक्षबाट ब्लिन्केनले सिरियाली जनताको राम्रो भविष्य निर्माण गर्ने ऐतिहासिक अवसरमा जोड दिनुभयो । सिरियाली विद्रोही समूहहरूले गरेको व्यापक आक्रमणपछि आईतवार आफ्नो सरकार ढलेपछि सिरियाली राष्ट्रपति बसर अल–असद राजीनामा दिएर र शरण लिन रुस पुगेका छन् ।
सिन्ह्वा


काठमाडौं

आइतवार, माघ ६, २०८१

२१.५५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन