स्याङ्जा-२ को मतगणना अझै अन्योलमा ,स्याङ्जा आएको आयोगको टोली काठमाण्डौं फर्कियो

author

समाचारपाटी

२ महिना अगाडि

स्याङ्जा मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि भएको निर्वाचनका बेला चापाकोटमा भएको घटनाकाबारे स्थलगत अध्ययन अवलोकन गर्न आएको निर्वाचन आयोगको टोली शनिबार साँझ काठमाण्डौं फर्केको छ।

निर्वाचन आयोगका सहसचिव फणिन्द्र गौतमको नेतृत्व र शाखा अधिकृतसहितको शुक्रबार बिहान स्याङ्जा आएको टोली २ दिन स्याङ्जामा बसेर फर्केको हो।

टोलीले जिल्लाका सुरक्षा प्रशासन, विवादमा तानिएका मतदान केन्द्र, आन्दोलनरत राजनैतिक दलहरुलगायतसँग छुट्टाछुट्टै छलफल गरेको छ। टोलीलाई तीन दिन अर्थात् मंसिर १२ भित्र प्रतिवेदन बुझाउने समयसिमा तोकिएको छ।

प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार आयोगको टोलीले चापाकोट पुगेर स्थलगत अध्ययन अवलोकनका साथै सम्बन्धित सरोकारवालासँग भेटवार्ता गरे। निर्वाचन अधिकृत, मतदान अधिकृत, सुरक्षाकर्मीसँग पनि भेटवार्ता गरेका छन्।

मतदान सकिएको सातादिन पुग्दा समेत स्याङ्जा निर्वाचन क्षेत्र नं. २ को मतगणना सुरु हुन नसक्दा स्थानीय मतदाताको आक्रोश बढेको छ। तर, नेपाली कांग्रेस र नेकपा एमाले आ-आफ्नै अडानमा छन्। बिहानदेखि साँझसम्म दुवैपक्ष धर्ना र शक्ति प्रर्दशनमा व्यस्त छन्।

मतपेटिका नगरपालिकाभित्र बनाइएको मतगणनास्थलमा राखिएको छ। मतदान सकिएर मतपेटिका थन्क्याएपछि एमालेले सडक आन्दोलन गर्न थालेपछि मतगणना कार्य अन्योलमा परेको छ। कांग्रेसले धाँधलीगरी मत खसालेको एमालेले आरोप लगाउँदै पुनः मतदानको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएको छ। मतगणनास्थल वरपर बस्दै धर्ना पनि दिँदै आएका छन्।

तर, कांग्रेसले भने मतदान केन्द्रबाट मुचुल्कासहित विधिपूर्वक आएका मतपेटिका सम्बन्धित स्थानमा थन्क्याएपछि मतगणनाका प्रक्रिया अघि बढाउनुपर्ने भन्दै मतगणनाको माग गर्दै आएको छ।

आन्दोलनरत दलहरु पक्ष र विपक्षमा अहिले सडकमा धर्ना एवं दबाबमूलक कार्यक्रम गर्दै आएका छन्।

क्षेत्र नं. २ का निर्वाचन अधिकृत रामचन्द्र शर्मा भन्नुभयाे, ‘आयोगको टोली काठमाण्डौं फर्किसकेको छ, अब टोलीले उपलब्ध गराएको प्रतिवेदनका आधारमा आयोगले निर्णय गरेर काम अघि बढ्ने छ। हामी त्यसकै प्रतिक्षामा छौं।’

source:-annapurnapost

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas
https://www.youtube.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्
लामिछानेविरुद्ध परेको जाहेरी प्रहरीले दर्ता गरेन
‘सर्वोच्च अदालतको फैसला नआएसम्म गृहमन्त्रालय माओवादीले आफैसँग राख्छ’:-कृष्णबहादुर महारा
गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने रवि लामिछानेको चेतावनी
देशको राजनिती भद्रगोल र डामाडोल तर्फ अघि लाग्यो :-...

खेलकुद समाचार

थप देखाउनुहोस्

Premier League

ARS

4

:

2

BHA

FULL TIME

Premier League

MCI

1

:

1

EVE

FULL TIME

Premier League

MUN

1

:

0

WOL

FULL TIME

Premier League

LEI

1

:

2

LIV

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार
‘यशोधरा’ लोकार्पण, पुस्तकमा छायामा परेकी यशोधाको पर्खाइ र त्याग

सिद्धार्थ गौतमको बुद्ध बन्ने यात्रामा यशोधराको भूमिका तथा त्यागको कथा रहेको उपन्यास शुक्रबार लोकार्पण गरिएको हो ।

विचार
पत्रकारको श्रम अधिकार ‘महासंघको उच्च प्राथमिकता’

सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको स्पष्ट ब्याख्या गर्दै उनीहरुको श्रम अधिकार सुनिश्चित गर्न ल्याइएको यो ऐनको व्यवहारिक...

विचार
“उच्च मनोबलका साथ खेल्छौं”

पाकिस्तान नेपाली टोलीका लागि राम्रो प्रतिष्पर्धी भएको र भालि हुन खेलमा नेपाली टोली सुखद् नतिजाका लागि खेल्ने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्
मेचु धिमाल र साहिल लिम्बुको म्युजिक भिडियो ‘सिङ्गो संसार’...
सपन र लक्ष्मीको आइटम डान्सिङ गीत ‘आउसँगै झुमी नाचौँ’...
कृष्ण कडेँलको स्वरमा ‘धौलागिरीको सेरोफेरो जन्मभुमी मेरो’ सार्वजनिक
सर्ट मुभी ‘किन’सार्वजनिक

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

काठमाडौं

मङ्लबार, माघ १७, २०७९

१७.१५°

-
Clouds