स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना सुरु गर्न १:३० बजे सर्वदलीय बैठक बोलाइएको छ । जिल्ला निर्वाचन कार्यलयका अनुसार स्याङ्जा-२ अन्तर्गतका सबै मतदान केन्द्रहरूबाट मतपेटिकाहरू प्राप्त भई सुरक्षित भण्डारण गरिएको छ ।
मतगणनाका लागि मंगलबार दिउँसो १:३० बजे निर्वाचन अधिकृतको कार्यालय रहेको वालिङ नगरपालिकाको भवनमा सर्वदलीय र सर्वपक्षीय बैठक आयोजना गरिएको हो । यो क्षेत्रका केही मतदान केन्द्रमा धाँधली भएको भन्दै नेकपा एमालेले पुन: मतदानको माग गरेको छ ।
तर कांग्रेस उम्मेदवार धनराज गुरुङले तत्काल मतगणना सुरु गर्नुपर्ने माग गर्दै धर्ना नै बसेपछि सर्वदलीय बैठक बोलाइएको हो ।