स्याङजा - २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङकाे अग्रता रहेकाे छ भने उहाँलाई एमालेकी उम्मेदवार पद्मा अर्यालले पछ्याउँदै आउनुभएकाे छ ।
प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार धनराज गुरुङकाे मतगणना शुरू भएदेखि निरन्तर अग्रता कायम छ । गुरुङ एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालभन्दा २ हजार २६ मतले अगाडि हुनुहुन्छ ।
पछिल्लो गणना अनुसार गुरुङले २३ हजार ६ सय ८१ मत पाउँदा अर्यालले २१ हजार ६ सय ५८ मत ल्याउनुभएकाे छ ।
हालसम्म स्याङ्जाको गल्याङ नगरपालिकाका ११, भिरकोट नगरपालिकाका ५, वालिङ नगरपालिकाको १२ तथा कालीगण्डकी गाउँपालिकाका ७ गरी ३५ वडाको मगतणना सकिएको छ ।अब चापाकोट नगरपालिकाका १० वटा वडाको मात्र गणना बाँकी रहेको छ ।