fbpx

हिँडेर वा दौडेर आफ्नो स्वास्थ्यको ख्याल गर्दा वातावरणको पनि ख्याल किन नगर्ने ?

author

समाचारपाटी

२ years अगाडि


मुना न्यौपाने, भक्तपुर । स्वीडेन अलुम्नी नेटवर्क नेपालले डोको रिसाइक्लर्स (फोहोर व्यवस्थापन र पुन प्रयोग गर्ने काममा संलग्न संस्था) र प्लोग्गा (एयिननब, स्वीडेनमा सुरु भएको वातावरण स्वस्थ राख्न शुरु भएको पहल) सँगको सहकार्यमा चाँगुनारायण मन्दिर क्षेत्रमा हालसालै ‘प्लोग्गिङ्ग’ कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम स्वीडिस इन्सटिट्युटको आर्थिक सहयोगमा भएको थियो । चाँगुनारायण मन्दिर परिसरमा आयोजित उक्त कार्यक्रममा करिब ६० विद्यार्थी, उद्यमी,सामाजिक संस्थामा सम्बद्ध व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमबाट १०९ किलो फोहोर संकलन गरिएको छ । प्लोग्गिङ्ग (स्वीडिसमा प्लोग्गा) भन्ने अवधारणा स्वीडेनका एरिक ओहल्स्तोर्मले विकास गर्नुभएकाे हाे जसको अर्थ जोग्गिङ्ग गर्नुका साथै फोहोर उठाउनु हो । यो अवधारणाले आफू दैनिक सक्रिय रही आफ्नो स्वास्थ्यको ख्याल गर्दा वातावरणलाई पनि सफा गरी वातावरणको पनि किन ख्याल गर्ने कुरामा जोड दिन्छ । उक्त कार्यक्रम सोही अवधारणाअन्तर्गत जोग्गिङ्ग गर्दा फोहोर उठाउने बानी विकास गर्ने लक्ष्यका साथ गरिएको थियो ।

उक्त कार्यक्रममा एरिक ओहल्स्तोर्म आफैँ उपस्थित थिए जो हाल नेपालको प्लोग्गिङ्ग टुरमा रहनुभएकाे छ । उहाँलाई प्लोग्गिङ्गको लागि साथ दिँदै एक स्वीडिस शेफ एल्ला निकिसकोभा पनि उक्त कार्यक्रममा उपस्थित हुनुहुन्थ्याे । यस कार्यक्रममा फोहोर व्यवस्थापनमा पहिचान बनाएका डोको रिसाइक्लर्सले सङ्कलित भएको फोहोर व्यवस्थापनमा सहयोग गर्नुभएको थियो । संकलन भएको फोहोर डोको रिसाइक्लर्सको सानोठिमी भक्तपुरमा रहेको मेटिरियल रेकोवेरी फसिलिटीमा व्यवस्थापन र पुनःप्रयोग हुनेछ । यस्तै चाँगुनारायण मन्दिर परिसरमा फोहोर संकलन
अनि व्यवस्थापनको लागि दुईवटा फोहोर जम्मा गर्ने बाकस तथा डोको पनि चाँगु नगरपालिकाका प्रतिनिधिलाई हस्तान्तरण गरिएको थियो ।

स्वीडेन अलुम्नी नेटवर्क नेपाल
स्वीडेन अलुम्नी नेटवर्क नेपाल स्वीडेनबाट पढेर फर्किएका व्यक्तिहरूको एक स्वेक्षिक संजाल हो । यस सञ्जालमा स्वीडिस इन्सटिट्युटमार्फत स्वीडेनमा छात्रवृति प्राप्त गरेका, स्वीडिस इन्सटिट्युट अन्तर्गत नेतृत्व विकास कार्यक्रममा भाग लिएका र समग्रमा स्वीडेननमा पढेर आएका व्यक्तिहरू रहेका छन् ।

स्वीडेन अलुम्नी नेटवर्क नेपालको प्रमुख लक्ष्य भनेको दिगो विकास लक्ष्य प्राप्ति गर्न योगदान गर्न र स्वीडेन– नेपालको सहकार्य बढाउने कार्यक्रमहरू आयोजना गर्ने रहेको छ ।

स्वीडेन अलुम्नी नेटवर्क नेपाल यस प्लोग्गिङ्ग कार्यक्रमले रमाइलो र स्वस्थ तरिकाले वातावरणलाई र शरीरलाई ध्यानमा राख्ने बानिको विकास गर्न मद्धत हुने अपेक्षा गर्दै सहभागी सबैलाई धन्यबाद ज्ञापन गर्दछ ।


काठमाडौं

आइतवार, माघ २७, २०८१

१९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

माधव नेपालको आरोपः ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन्

कानून कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्यायौँः प्रधानमन्त्री ओली

सरकारले नीतिगत र कानूनी सुधारमा काम गरिरहेको छः गृहमन्त्री...

किमाथाङ्का अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर विक्रीमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर