fbpx

पोखराको दिगो पर्यटन परियोजना अन्तरगत चार अरब पचास करोड बराबरको सम्झौता

author

समाचारपाटी

१ year अगाडि

पोखरा । नेपाल सरकार र एसियाली विकास बैङ्क (एडिबी) बिच १६० मिलियन डलर सहुलियत ऋण र ६ मिलियन डलर बराबरको अनुदान सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा भएको सम्झौतामा अर्थ सचिव डा.कृष्ण हरि पुष्कर र एसियाली विकास बैङ्कको नेपाल कार्यालयका निर्देशक अर्नाउड कौकोइसिसले हस्ताक्षर गर्नुभएको हो । जसमध्ये दिगो पर्यटन विकास तथा जीवन सुधारसँग सम्बन्धित परियोजनाका लागि पोखरा महानगरपालिकासँग साढे चार अरब बराबरको सम्झौता भएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो ।

सहरी विकास मन्त्रालयमा भएको दिगो पर्यटन विकासका परियोजनासँग सम्बन्धित सम्झौतामा परियोजना प्रमुख रोशन कुमार श्रेष्ठ र पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख आचार्य र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले हस्ताक्षर गर्नुभएको हो । परियोजना अन्तरगत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाईडसम्म फास्ट ट्र्याक निर्माण, पञ्चासे क्षेत्र विकास परियोजना, ७ ताल जोड्ने साइकल ट्रेल, बोटानिकल गार्डेन, लेखनाथ क्षेत्रमा विपद् व्यवस्थापन युनिट स्थापना तथा सञ्चालन, फिर्के कोरिडोर निर्माण लगायतका पर्यटन क्षेत्रसँग सम्बन्धित परियोजनाहरू रहेका छन् ।

यस परियोजनाले पोखराको समग्र विकासमा महत्त्वपूर्ण टेवा पुग्ने प्रमुख आचार्यले विश्वास व्यक्त गर्नुभयो । “हामी पोखरालाई छिट्टै पर्यटनको राजधानी सहर घोषणा गर्न गइरहेका छौँ, यसका सन्दर्भमा सङ्घ सरकारसँगको विभिन्न निकायहरूसँग महानगरपालिकाको तर्फबाट छलफल र संवादहरू गरिरहेका छौँ, प्रमुख आचार्यले भन्नुभयो, आज सम्पन्न दिगो पर्यटन विकास तथा जीवन सुधार सम्बन्धी परियोजनाको सम्झौता समग्र पोखराको विकास र पर्यटकीय राजधानी घोषणाका लागि कोषे ढुङ्गा साबित हुनेछ ।” सम्झौताको कार्यान्वयनका लागि महानगरपालिकाको तर्फबाट सबै प्रकारको सहयोग तथा सहजिकरण गरिने उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो ।

महानगरपालिकाको तर्फबाट परियोजना कार्यान्वयनका लागि छुट्टै प्रोजेक्ट अफिस स्थापना गरी आवश्यक कर्मचारीहरूको व्यवस्थापन गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले जानकारी दिनुभयो । परियोजना सञ्चालनमा नगर विकास कोष साझेदारका रूपमा रहने छ । यसअन्तर्गत १५ वटा विभिन्न परियोजनाहरू सम्पन्न गर्न कुल लागत सात अरब पचास करोड अनुमान गरिएको भए पनि पहिलो चरणमा चार अरब पचास करोड बराबरको सम्झौता भएको हो । परियोजनाका सम्बन्धमा एडिबी कार्यालयको तर्फबाट विभिन्न चरणमा स्थलगत अवलोकन समेत भइसकेको छ ।


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१७.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैन :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर