काठमाडौं । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेलाई दोषी ठहर गर्दै कारबाहीका लागि सरकासमक्ष सिफारिस गरिसकेको छ ।
गत सोमबार प्रतिनिसभा बैठकमा समिति सभापति एवम् नेकपा एमालेका सांसद सूर्यबहादुर थापाक्षेत्रीले रास्वपा अध्यक्ष लामिछानेलगायतलाई कारबाही गर्नुपर्ने आधारसहितको प्रतिवेदन पेश गरेका थिए ।
समितिले प्रतिवेदनमार्फत् विभिन्न सहकारी संस्थाको ८५ करोड रुपैयाँ हिनामिना गरेको विषयमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालकमध्ये पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसहित कुमार रम्तेल र गितेन्द्रबाबु राई जीबी लाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।
कारबाहीका लागि सिफारिस गरिएकामध्ये रम्तेल हाल कारगार मै छन् भने राई फरार छन् । रास्वपा सभापति लामिछाने र पूर्वडीआइजी जोशी भने अहिलेसम्म फरार नरहे पनि सरकारले छानबिनको दायरामा ल्याइसकेको छैन ।
संसदीय छानबिन समितिको निर्देशनसँगै अब लामिछाने र जोशीलाई पनि पक्राउ गरी अनुसन्धान गरिनुपर्ने दबाब सरकारमाथि छ । समितिले गोर्खा मिडिया नेट्वर्कले खोलेको ग्यालेक्सी टेलिभिजन सञ्चालनका लागि देशका तीन ठूला सहकारीबाट ८१ करोड रुपैयाँ बढी भित्र्याएको भेट्टाइसकेको छ ।
तर, रास्वपाका नेता–कार्यकर्ता भने पार्टी सभापति लामिछानेले ‘क्लिन चिट’ पाएको तर्क गरिरहेका छन् । सोमबार संसद भवन बाहिर पत्रकारहरूसँगको कुराकानीमा रास्वपा उसभापतिसमेत रहेका सांसद डा. स्वर्णिम वाग्लेले सभापति लामिछानेलाई मूल आरोपबाट ‘क्लिन चिट’ पाइएको दाबी गरे ।
‘रवि लामिछानेजीले त मूल आरोपबाट आज क्लिन चिट पाउनुभएको छ । अब ठूला पार्टीमा ठूलै पद ओगटेर बसेका वास्तविक ठगहरू उजागर भएको छ,’ डा। वाग्लेको भनाइ थियो, ‘अन्तत्व संसदीय समितिले देशको भलो हुने काम नै गरेको जस्तो लागेको छ ।’
तर, संसदीय समितिका संयोजक थापाले भने लामिछानेलाई ‘क्लिन चिट’ पाइएको दाबी गर्ने उपसभापति वाग्लेसहितका रास्वपाका नेता–कार्यकर्तामाथि नै प्रश्न उठाएका छन् ।
‘क्लीन चिट’राष्ट्रिय स्वतन्त्र पार्टीसहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिसूर्य थापा