सोमवारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने

author

समाचारपाटी

३ हप्ता अगाडि

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमवारदेखि गोकर्ण गल्फ क्लवमा हुने भएको छ । सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अन्तिम प्रतियोगितासमेत रहेको सूर्य नेपाल प्रिमियर गल्फ सोमवारदेखि हुन लागेको हो । आयोजक प्रोफेसनल गल्फर एशोसिएशन अफ नेपालले त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चमा आईतवार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकार दियो । बिहीवारसम्म चल्ने प्रतियोगिता ७२ होलको प्रतिष्पर्धा हुने प्रोफेसनल गल्फर एशोसिएशन अफ नेपालका महासचिव दीपक आचार्यले जानकारी दिए । ३६ होलपछि कट लागू गरिनेछ । शिर्ष २१ प्रो तथा कट बनाउने एमेच्योर गल्फले अन्तिम ३६ होलका लागि प्रतिष्पर्धा गर्न पाउनेछन् । च्याम्पियनसिपमा ३८ प्रो तथा १५ एमेच्योर गल्फरले प्रतिष्पर्धा गर्नेछन् । विजेताले तीन लाख तथा उपविजेताले एक लाख ८५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रोदेखि पाँचौं स्थानमा रहनेलाई क्रमाशः एक लाख २५ हजार, एक लाख पाँच हजार र ९२ रुपैयाँ प्रदान गरिनेछ । शीर्ष २१ भित्र पर्ने सबै गल्फरले नगद पुरस्कार पाउने  आयोजकले जनाएको छ ।

यस प्रतियोगितमा प्रोफेसनल गल्फर नीरज तामाङ, तोरण शाही, भुवन नगरकोटी, शुक्रबहादुर राई र सुवास तामाङलाई एमच्योर गल्फर सद्भावन आचार्य र राहुल विश्वकर्माले चुनौती दिने अनुमान गरिएको छ । यस च्याम्पियनसिपमा भुटानका भुटानका शिर्ष एमेच्योर निमदोर्जी तामाङले पनि सहभागिता जनाउने आयोजकले जनाएको छ । च्याम्पियनसिपपछि शनिवार प्रो–एम स्पर्धा हुनेछ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, असार २४, २०८२

२२.८७°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ