fbpx

सूर्य नेपाल प्रिमियर गल्फ, तेस्रो दिन सद्भावलाई २ स्ट्रोकको अग्रता

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन राष्ट्रिय टिमका खेलाडी एमेच्योर सद्भाव आचार्यले दुई स्ट्रोकको अग्रतासहित शीर्षस्थान हाँसिल गरेका छन् ।


बिहीवार अन्तिम १८ होलको खेल बाकी छँदा सद्भावले एकल अग्रता बनाउन सफल भएका हुन् । सद्भावले तेस्रो दिन पनि ७–अन्डर ६५ को उत्कृष्ट स्कोर निकाल्दा समग्रमा १६–अन्डर २०० को सानदार स्कोर बनाउँदै शीर्ष कायम गरेका हुन् । यस्तै नेपाल नम्बर एक एमेच्योर खेलाडी सुबाश तामाङलाई दुई स्ट्रोकले पछि पारे । दोस्रो दिनका संयुक्त लिडर सुवास ५–अन्डर ६७ खेल्दै समग्रमा १४–अन्डर २ सय २ को स्कोरमा दोस्रो स्थानमा हात पारे ।

प्रोफेसनल गल्फरहरूलाई पछि पार्दै दुई एमेच्योर खेलाडीले अन्तिम १८ होलको खेल बाकी छँदा दाबेदारी प्रश्तुत गरेका छन् ।  डिफेन्डिङ च्याम्पियन तथा नम्बर एक प्रो शुक्रबहादुर राईले तेस्रो दिन १–अन्डर ७१ को स्कोर गरे । समग्रमा  ७–अन्डर २ सय ९ सहित उनी चौथो स्थानमा रहेका छन् । शुक्र लिडर सद्भाव भन्दा नौ स्ट्रोकले पछि परिसकेका छन् ।


समग्रमा ५–अन्डर २ सय ११ को स्कोरमा दिनेश प्रजापती र भुवन नगरकोटीले संयुक्तरुपमा पाँचौ स्थान बाँडे । आज दिनेशले ४–अन्डर ६८ र भुवनले १–अन्डर ७१ मा खेल सकाए । पूर्णप्रसाद शर्मा र शिवराम पौडेलले समग्रमा २–अन्डर २ सय १४ सहित संयुक्तरुपमा आठौं स्थान बाँडे । पूर्णले ६–अन्डर ६६ र  शिवरामले १–ओभर ७३ मा तेस्रो दिनको खेल सके । ३–ओभर ७५ को स्कोर निकालेका तोरण विक्रम शाही समग्रमा १–अन्डर २ सय १५ सहित १० औं स्थानमा छन् ।


एमरच्योरतर्फ भने वाङचेन ढोन्डुप तेस्रो स्थानमा रहेका छन् । आज दुई ओभर ७४ खेलेका उनले समग्रमा ३–ओभर २ सय १९ स्कोर बनाए । युवा गल्फर सद्भावले लगातार दोस्रो दिन ७–अन्डर ६५ को नतिजा निकाल्ने क्रममा फ्रन्ट नाइन २–अन्डर ३४ मा सकाए । सुवासले फ्रन्ट नाइन ४–अन्डर ३२ मा सकाउने क्रममा पहिलो, तेस्रो, चौथो, सातौं र नवौं होलमा एक/एक सट बचाए । छैटौं होलमा बोगी प्रहार गरे। ब्याक नाइन भने १–अन्डर ३५ मा पूरा गरे । १२ औं, १६औ र १८औं होलमा बर्डी प्रहार गरेपनि १० औं र १४ औं होलमा एक/एक सट खेर फाले । नीरजले फ्रन्ट नाइनमा आज पनि उत्कृष्ट प्रदर्शन गरे । शुक्रले फ्रन्ट नाइन १–अन्डर ३५ र ब्याक नाइन इभन–पार ३६ मा सकाए । उनले पहिलो, चौथों, नवौं, १५औं र १७ औं होलमा एक/एक सट बचाए । सातौ, आठौं, ११ औं र १३औं होलमा बोगी खेपे । सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको अन्तिम १८ होलको खेल शुक्रवार हुनेछ । 


काठमाडौं

आइतवार, असार ३, २०८१

२८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन