जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.४ नालाकोमुख स्थित संचालनमा रहेको श्री सुर्य दर्शन बचत तथा ऋण सहाकारी संस्था लिमिटेको २ जना संचालक समितिका पदाधिकारी ठगी प्रकरणमा पक्राउ परेका छन् ।
सहाकारी संचालक समितिका पदाधिकारीहरु समेतले निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरेको र सहकारीको रकम हिनामिना एवं ठगी गरेको जाहेरी अनुसार सहकारी ठगी कसुरका प्रतिवादीलाइ जिल्ला कास्की पक्राउ गरि हिरासतमा राखिएकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ ।
पक्राउ पर्नेमा मादी गाँउपालिका वडा नं १० स्थायी घर भई हाल पोखरा महानगरपालिका १२ लालिगुरास टोल बस्ने ३९ वर्षिय सुर्य दर्शन सहकारी संस्था पोखराका संचालक समितिका पुर्व सदस्य शिव बहादुर गुरुङ (महेन्द्र भोटे) र जिल्ला स्याङग्जा गल्याङ नगरपालिका वडा नं ९ बस्ने ४२ वर्षिय सुर्य दर्शन सहकारी संस्था पोखराका संचालक समितिका सदस्य भविश्वर अर्याल रहेकाेजिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ।
उनिहरूकाे बयान कार्य नसकिएकोले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत कक्षमा राखिएको प्रहरीले जनाएकाे हाे । बुधबार सम्मानित कास्की जिल्ला अदालतमा उनिहरू आफैं उपस्थित भएका थिए ।