नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले सार्वभौम सत्ता संसदमा नभइ जनतामा निहित रहेको बताउनुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनतामा रहेको सार्वभौम सत्ता चुनावबाट डेलिगेट गरिएको बतउनु भयो । जनतामा रहेको शक्तिलाई अर्को चुनावमा डेलिगेट गर्दा कोही पनि ठूलो छु भनेर घमण्ड नहुने बताउनु भयो । सामाजिक सञ्जाल सम्बन्धी विधेयकमा पनि आफ्ना अधिकार प्रयोग गर्दा अरुका अधिकार पनि मास्न हुँदैन भन्नेकुरा ध्यान दिनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सार्वभौम सत्ता संसदमा होइन । जनतामा रहेको सार्वभौम सत्ता चुनावबाट डेलिगेट गरेको हो । त्यो पावर जनतामा भएकै कारणले अर्को पटकको चुनावमा अर्कोलाई पावर डेलिगेट गर्ने हो भने हिजोका सांसदले मसँग पावर छ भन्न पायो र ? त्यसैले सार्वभौम सत्ता संसदमा होइन की जनतामा छ । जनताले पाँच वर्षको लागि डेलिगेट गर्दाखेरिमा पाँच वर्ष त्यो संसदले कानून बनाउँछ । अर्को चोटी अर्कै संसदको सदस्य भएर आउँछ, त्यसले कानून बनाउँछ ।’
संविधानले तोकेको सीमाभित्र बसेर आफ्ना कुरा भन्न र गर्न पाइने बताउनु भयो । उहाँले संविधानअनुसार कुनैपनि राजनीतिक दलहरुले राजा ल्याउन चाहे संविधानअनुसारका मागहरु पूरा गरेर ल्याउनसक्ने बताउनु भयो ।
—न्युज एजेन्सी नेपाल