काठमाडौं । सर्वोच्च बार एशोसिएशनको अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौला विजयी हुनुभएकाे छ। ३४ औँ नयाँ कार्यसमिति चयन लागि शनिबार भएको निर्वाचनमा बृहत् लोकतान्त्रिक समूहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता निरौला २८९ मत ल्याएर विजयी हुनुभएकाे हाे।
उहाँका प्रतिस्पिर्धी प्रगतिशील समूहबाट वरिष्ठ अधिवक्ता तुलसी भट्टले २७५ मत प्राप्त गर्नुभयाे। उपाध्यक्षमा लोकतान्त्रिकका जगदीशप्रसाद पाण्डे, सचिवमा प्रगतिशीलका श्यामकुमार खत्री, सहसचिवमा लोकतान्त्रिकबाट सुजन लोप्चन र कोषाध्यक्षमा प्रगतिशीलबाट कपिलचन्द्र पोखरेल विजयी हुनुभएकाे हाे। एक महिला सदस्यमा प्रगतिशीलबाट सिर्जना कँडेल विजयी हुनुभएकाे छ।
सदस्यहरूमा लोकतान्त्रिक उत्तमराज पाठक, भीमप्रसाद ढकाल, रुपनारायण श्रेष्ठ, रेशमराज रेग्मी, रामबहादुर राउत, सुमनकुमार केसी र प्रगतिशीलबाट प्रभुजी पन्त, अनुपराज उप्रेती र देवी रेग्मी पोखरेल विजयी हुनुभयाे । पाँच पदाधिकारी र १० सदस्य गरी १५ जनाको नयाँ पदाधिकारीका लागि भएको निर्वाचनबाट विजयीको कार्यकाल दुई वर्ष हुनेछ ।
-रासस