‘दशैँ, तिहारमा हुने कालोबजारी रोक्न निरन्तर बजार अनुमगन हुन्छ’:- आपूर्तिमन्त्री रमेश रिजाल

author

समाचारपाटी

२ years अगाडि

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले दशैँ र तिहारमा बजारमा हुने कृत्रिम अभाव र कालोबजारी रोक्न निरन्तर बजार अनुमगन गर्ने बताउनुभएको छ । 
मंगलवार नेपाल एलपी ग्याँस उद्योग संघको २८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारको तर्फबाट यस अवस्थामा ग्याँस आपूर्तिको श्रृंखलालाई टुट्न नदिने र निरन्तर बजार अनुमगन गर्ने बताउनु भयो । उहाँले २०४५ सम्म शुन्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न खनिज,उर्जालाई स्वच्छ एवं नविकरणीय उर्जाले बिस्थापित गर्ने नीति लिएको पनि उल्लेख गर्नुभयो । उहाँले जीवाश्म इन्धनको प्रयोगलाई बिस्तारै घटाउँदै जानुपर्ने अवस्था आइसकेको बताउनु भयो । उहाँले तत्कालै देशभित्र नविकरणीय र हरित उर्जाको पर्याप्त मात्रामा उत्पादन भइ नसकेको वर्तमान अवस्थामा एलपी ग्याँस लगायत अन्य पेट्रोलियम इन्धनको आयातलाई तत्काल निषेध वा निरुत्साहित गर्न नसकिने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘२०४५ सम्म शुन्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न खनिज,उर्जालाई स्वच्छ एवं नविकरणीय उर्जाले बिस्थापित गर्ने नीति लिएको छ । जसअनुसार हामीले आगामी दिनहरुमा जीवाश्म इन्धनको प्रयोगलाई बिस्तारै घटाउँदै जानुपर्ने अवस्था आइसकेको छ । यद्यपी तत्कालै देशभित्र नविकरणीय र हरित उर्जाको पर्याप्त मात्रामा उत्पादन भइ नसकेको वर्तमान अवस्थामा एलपी ग्याँस लगायत अन्य पेट्रोलियम इन्धनको आयातलाई तत्काल निषेध वा निरुत्साहित गर्न सकिँदैन । हाम्रो देशको सन्दर्भमा एलपी ग्याँसको बढी खपत घरायसी प्रयोजनमा हुने गरेको पाइन्छ । यसका अलावा, यातायात तथा उद्योग क्षेत्रमा पनि ग्यासको प्रयोग हुँदै आएको पाइन्छ । ग्यास आयातमा वर्षेनी अर्बौं रुपैयाँ देश बाहिर गइरहेको तीतो यथार्थका बाबजुद एलपी ग्यास उद्योग नेपालको महत्वपूर्ण उद्योग मध्येको एक हो । यसले देशमा राजश्व अभिवृद्धि, रोजगारी सिर्जना, व्यवसाय अभिवृद्धि गरी आर्थिक क्षेत्रलाई चलायमान बनाइराख्नुमा ठूलो योगदान गरेको छ । आउँदै गरेको दशैँ तथा तिहार जस्तो चाड पर्वमा अन्य उपभोग्य वस्तुको अलावा एलपी ग्यासको पनि बजारमा माग बढ्न जान्छ । यस्तो समयमा बजारमा कृत्रिम अभाव र कालाबजारीको पनि सम्भावना रहन्छ । सरकारको तर्फबाट यस अवस्थामा ग्याँस आपूर्तिको श्रृंखलालाई टुट्न दिने छैन र निरन्तर बजार अनुमगन गरिनेछ ।’

मन्त्री रिजालले उद्योगीहरुले व्यवसायिक निष्ठा कायम राख्दै ग्याँस उद्योग मर्यादित, व्यवस्थित र सुरक्षित उद्योगको रुपमा विकास गर्न आग्रह गर्नुभयो । उहाँले सबै ग्याँस उद्योगले आम जनताको जिउ धनको सुरक्षालाई प्राथमिकतामा राखेर मात्रै आफ्ना उत्पादन बजारमा ल्याउन आग्रह गर्नुभयो । उहाँले सरकारले तोकेको सबैखाले मापदण्ड पूरा गर्न आग्रह गर्नुभयो ।  


काठमाडौं

मङ्लबार, बैशाख ३०, २०८२

२१.२°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयोः कमल...

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने