fbpx

‘आर्थिक अवस्था त्यति साह्रो राम्रो छैन, आयात, निर्यातमा त्यति साह्रो राम्रो छैन’:-आपूर्तिमन्त्री रमेश रिजाल

author

समाचारपाटी

१ year अगाडि

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बैंकको ब्याजदर घटाउन प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको छ । 
मंगलवार उद्योग वाणिज्य महासंघको ५७ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै यस्तो आग्रह गर्नुभएको हो । उहाँले अहिलेको आर्थिक अवस्था चुनौतिपूर्ण रहेको बताउनु भयो । उहाँले निजी क्षेत्रको सहयोग बिना मुलुकमा आर्थिक उन्नती हुन नसक्ने बताउनु भयो । उहाँले आर्थिक अवस्थालाई सुदृढ पार्न निजी क्षेत्रलाई सहयोग गर्न सरकार तयार रहेको पनि बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘अहिलेको चुनातिपूर्ण समयमा छौँ, अहिलेको चुनौति सामना गर्ने कार्य समिति चयन हुनेछ भन्ने हामीले विश्वास छ । आर्थिक अवस्था त्यति साह्रो राम्रो छैन, आयात, निर्यातमा त्यति साह्रो राम्रो छैन । तपाईहरुको सहयो बिना यो मुलुकले आर्थिक समृद्धि पाउन सक्दैन, नेपाल सरकार हरेक कुराको सहयोग गर्न तयार छ । धेरै समस्या छन्, समन्वयका कारण, नियमकानून पेचिलो लागेको हुनसक्छ, नीति तपाईहरुको पक्षमा छ की छैन त्यसमा गुनासो गर्नुभएको छ, त्यसमा सबैले मिलेर काम गर्नुपर्छ । हातेमालो गरेर अघि बढ्नुपर्ने समयको माग छ । म अर्थमन्त्री र प्रधानमन्त्रीज्युलाई भन्न चाहन्छु, मेरो पनि आग्रह छ, यो बैंकको इन्ट्रेस्ट रेट घटाउन प्रधानमन्त्रीज्युले विशेष पहल लिनुहुन्छ भन्ने आग्रह छ ।’ 

मन्त्री रिजालले मन्त्रालयबीचको समन्वय कम भएको भन्दै प्रधानमन्त्रीले यसको पहल लिन आग्रह गर्नुभयो । उहाँले स्वदेशी उत्पादनको प्रयोगलाई पहिलो प्राथमिकता दिने भनेपनि कार्यान्वयन हुन नसकेको बताउनु भयो । 


काठमाडौं

शनिबार, जेष्ठ ५, २०८१

३०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन