उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘मेरो देश, मेरो उत्पादन’ नारालाई सरकारले राष्ट्रिय अभियानका रुपमा अघि बढाउने तयारी गरेको बताउनुभएको छ ।
शुक्रवार फुटवयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको २३ औं वार्षिक साधरण सभामा बोल्दै उद्योगमन्त्री भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले सरकारले नेपाली उत्पादन प्रोत्साहनको लागि मेरो देश मेरो उत्पादन नारालाई अभियानको साथमा लैजाने बताउनु भयो । उहाँले यसबारे सरकारले निजी क्षेत्रसँग छलफल गरेको पनि बताउनु भयो । उहाँले त्यसको लागि सरकारले निर्देशक समिति बनाउने तयारी गरिरहेको बताउनु भयो । उहाँले सरकारले अबको एक हप्ताभित्र प्रधानमन्त्रीसहित प्रमुख राजनीतिक दलका नेताहरुलाई राखेर विशेष अभियान घोषणा गर्ने बताउनु भयो । उहाँले जुत्ता चप्पलको निर्यात गर्ने वातावरण सरकारले बनाउने बताउनु भयो । उहाँले विभिन्न मुलुकसँग छिमेकी मुलुकहरुसँग पछिल्लो पटक एनएस प्राप्त गरेका वस्तुहरु निर्यात भइरहेको बताउनु भयो । उहाँले ट्रेड प्रमोसनका लागि नेपाली वस्तु अब विश्व बजारमा पु¥याउन आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारले नेपाल वस्तु उत्पादन उद्योगहरुमा प्रक्रियागत रुपमा रहेका जटिलताहरु समाधान गर्ने पक्षमा रहेको बताउनु भयो । उहाँले नीतिगत सुधारको आवश्यकता लगायतका थुप्रै ऐनहरुलाई संशोधनको प्रक्रियामा अबको संसदको अधिवेशन एउटा कानूनमा केन्द्रित भएर नीतिगत सुधार गर्ने प्रयास सरकारले गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘ सरकारले प्रत्येक वर्ष कर्मचारी अभियानको साथमा र यसमा एक चरणमा हामीले मन्त्रालयमा बसेर निजी क्षेत्रसँग बसेर छलफल गरेका छौँ । र यसपछि यसको निर्देशक समिति छ यसमा सरकारी समितिको पनि तयारी भइरहेको छ । र हामी अब अबको एक हप्ताभित्र छलफल प्रधानमन्त्रीज्यूलाई राखेर विशेष अभियानको साथमा अहिलेका प्रमुख राजनीतिक दलका नेताहरुलाई पनि राखेर एउटा कमिटमेन्ट हामी अब मेरो देश मेरो उत्पादनलाई राष्ट्रिय अभियानका रुपमा लैजान्छौं । यसैगरी हामीले यसको निर्यात गर्ने हामी नेपाल अरुको मात्रै बजार होइन। नेपाली बजार नेपालको उत्पादन अरु पनि हामीले बजार विस्तार गर्नसक्छौँ । त्यसका लागि हामीले विभिन्न मुलुकसँग छिमेकी मुलुकहरुसँग पछिल्लो पटक हामीले छिमेकी मुलुक भारतसँग खासगरी हामीले एनएस प्राप्त गरेका हाम्रो गुणस्तरीय स्ट्यान्डर्ड छ त्यसैगरी भारतमा बिआई एस भन्ने छ बि एस प्राप्त गर्नका लागि आवश्यक प्रक्रिया विभिन्न छलफल ग¥यौं छलफलहाम्रो ट्रेड प्रमोसनका लागि नेपाली वस्तु अब विश्व बजारमा पु¥याउने त्यसमा पनि मुलतः छिमेकी मुलुक भारतमा हामीले भारतको सबैभन्दा ठूलो ट्रेडिङ नेपाल हो । नेपालका निजी क्षेत्र नेपालका वित्तीय क्षेत्र यसैगरी दात्री निकाय कुटनीतिक नियोग लगायतका चाहीँ यो परिवर्तनको श्रृंखलाहरु अगाडि बढाउने क्रममा सरकार छ । खासगरी सत्ता समृद्ध दलहरुभित्र उच्चस्तरीय संयन्त्रमा पनि विशेष खालको एउटा छलफल बनेको छ । हामीले प्रक्रियागत रुपमा रहेका जटिलताहरुले आज हाम्रा कामलाई हाम्रो सुशासनको प्रयास प्रत्याभुति जसरी गर्न नसकेको स्थितिमा त्यसलाई कसरी अब डेलिभरी गर्न सकिन्छ सरकारबाट हुने डेलिभरीमा अब हामीले नीतिगत सुधारको आवश्यकता लगायतका थुप्रै ऐनहरुलाई संशोधनको प्रक्रियाबाट के अबको संसदको अधिवेशन एउटा कानुनमा केन्द्रित भएर नीतिगत सुधार गर्ने प्रयास सरकारले गरेको छ ।’
उहाँले सरकारले चोरी पैठारीलाई नियन्त्रण गर्न विशेष प्राथमिकताका साथ काम गरिरहेको बताउनु भयो । उहाँले चोरी पैठारीबाट भइरहेका राजश्व छली रोक्न वाणिज्य विभागले आवश्यक योजना बनाएर अनुगमन गर्ने तयारी गरिरहेको बताउनु भयो ।
—न्युज एजेन्सी नेपाल