fbpx

स्थानीय तहमा पुगेका बैंकहरुले गरेको कामको परिणाम चित्तबुझ्दो छैनः उद्योगमन्त्री दामोदर भण्डारी

author

समाचारपाटी

३ हप्ता अगाडि

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बैंक तथा वित्तीय सेवा ग्रामिण क्षेत्रसम्म पुगे पनि परिणाम चित्तबुझ्दो नभएको बताउनुभएको छ ।

शुक्रवार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको वार्षिक साधारण सभामा बोल्दै उद्योगमन्त्री भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा ७५३ स्थानीय तहमा बैंकिङ पुहँचमा पुग्यो भनेर तथ्याङ्कमा मात्रै रमाउन नहुने बताउनु भयो । उहाँले पहुँचका हिसाबले अहिले सबै पालिका स्तरमा बैंकिङ सेवा पुगे पनि बैंकहरुले प्रभावकारी काम गर्न नसकेको उल्लेख गर्नुभयो । उहाँले बैंकहरुले स्थानीय तहमा गरेको कामको परिणाम राम्रो नभएको गुनासो गर्नुभयो । उद्योगे मन्त्री भण्डारीले स्थानीय तहका बैंकहरुले सामाजिक सुरक्षा भत्ता र सरकारी कारोबारलाई बाहेक अन्य सम्भावना भएको क्षेत्रमा काम गर्न नसकेको बताउनु भयो । उहाँले स्थानीय तहमा पुगेका बैंकहरुले स्थानीय तहमा भएका सम्भावनाको खोजी गर्न नसकेको दाबी गर्नुभयो । उहाँले  सरकारको निर्देशन अनरुप स्थानीय तहमा बैंकहरु पुगेपनि आयोजनाको बजेट भुक्तानी,सामाजिक सुरक्षा भत्ता,शिक्षक,स्वास्थ्यकर्मी र सुरक्षा कर्मीको तलव भत्ता बाडेर मात्रै बैंकिङ पहुँच सुदृढ नहुने बताउनु भयो । उहाँले बैंक तथा वित्तीय संस्थाहरु सम्भावनाको खोजीमा भन्दा पनि अन्तै बरालिँदै आएको बताउनु भयो । उहाँले स्थानीय तहमा पुगेका बैंकहरुले पनि जल,जङ्गल,जमिन,खानी,उद्योगका सम्भावनालाई खोज्न जरुरी रहेको बताउनु भयो । उहाँले अहिले मानिसहरु पहाडबाट तराई र तराईबाट राजधानी झर्ने र राजधानीबाट विदेश पलायन हुने अवस्था रहेको भन्दै त्यसलाई र्फकाउनु पर्ने अवस्था रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो,‘ हामी बैंकिङ पुहँचमा तथ्याङ्कमा मात्रै रमाउनु मात्रै हुँदैन । पहुँचका हिसाबले अहिले सबै पालिका स्तरमा बैंकिङ सेवा पुगेको छ । तर बैंकहरुले स्थानीय तहमा गरेको काम चित्तबुझ्दो छैन । बैंकरुको परिणाम राम्रो छैन । बैंकहरुले सामाजिक सुरक्षा भत्ता र सरकारी कारोबारलाई बाहेक सम्भावना भएको ग्रामिण क्षेत्र त्यहाँ वित्तीय क्षेत्रले सम्भावनाको खोजी गर्न सकेन भन्ने मेरो मान्यता हो । सरकारले स्थानीय तहमा बैंकहरु जानुपर्छ र बैंक खोल्नुपर्छ भनेर निर्देशन ग¥यो । सानो आकारको भएपनि आयोजना र बजेट जाने भएकाले त्यसको भुक्तानी गर्नुपर्छ । सामाजिक सुरक्षा भत्ता,शिक्षक,स्वास्थ्यकर्मी र सुरक्षा कर्मीको तलव भत्ता दिनुपर्छ । त्यही कारोबार गरेर बैंकिङ पहुँच सुदृढ भएको छ भन्ने हाम्रो निष्कर्ष छ । बैंक तथा वित्तीय संस्थाहरु सम्भावनाको खोजीमा भन्दा पनि अन्तै बरालिँदै छौं । हाम्रो सम्भावना जल,जङ्गल,जमिन,खानी,उद्योग भनिरहेका छौं । तर त्यो कुरा बैंकहरुले छाडेको छ । अहिले मानिसहरु पहाडबाट तराई र तराईबाट राजधानी झर्ने र राजधानीबाट विदेश पलायन हुने अवस्था छ । त्यसैले मुलुकभित्रका सम्भावनाहरुलाई छोड्दै गएका छौं । त्यसलाई र्फकाउनु पर्ने छ । हामीले कृषि र उद्योगबाट उत्पादनमा जोड दिने भनेका छौं तर बैंकको कृषिमा मात्रै लगानी कति छ ? पछिल्लो समय बैंकहरुसँग उद्योगीहरु क्रसित नै छन् । निजी क्षेत्र नै वित्तिय क्षेत्र हो । उद्योगबाट नाफा नहुँदा बैंकबाट नाफा कमाउने उद्योगी व्यवसायीहरु छन् ।’


मन्त्री भण्डारीले वित्तीय क्षेत्रमा अहिलेसम्म भएको उपलब्धी प्रमुख राजनीतिक दलहरुको रहेको उल्लेख गर्नुभयो । उहाँले सरकारसँगस निजी क्षेत्र,बैंकर्स र उद्योगी व्यवसायीहरुले खाजेको नीतिगत सुधारको अपेक्षा देखिएको बताउनु भयो । उहाँले विगतमा बनाएका विद्यमान नीतिहरु अहिले बाधक भएकाले सुधारको आवश्यकता सरकारले महशुस गरिरहेको उल्लेख गर्नुभयो । उहाँले मुलुकभित्र लगानी र कर्जा प्रवाह किन एक जनाले कर्जा तिर्दिन भन्यो भनेर डराएर बस्न नहुने बताउनु भयो । उहाँले सरकारले बैंकको कर्जा लिइदिएकाले बैंकहरु ढुक्क भएर बसेको बताउनु भयो । बैंकहरुले जोखिम मोल्न नचाहेको उल्लेख गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, माघ १३, २०८१

११.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक