fbpx

उद्योगसँग सम्बन्धित ऐन,कानून र नीतिहरु लगानीमैत्री बनाउँछौंः उद्योगमन्त्री दामोदर भण्डारी

author

समाचारपाटी

२ महिना अगाडि

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डरीले सरकारले निजी क्षेत्रको मागअनुसार उद्योगसँग सम्बन्धित ऐन कानून र नीतिहरु लगानीमैत्री बनाउने बताउनुभएको छ ।


बिहीवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उद्योग मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले सरकार निजी क्षेत्रको मनोबललाई उच्च बनाउँदै अर्थतन्त्रमा सुधार तथा आन्तरिक तथा वाह्य लगानीको वातावरण बनाउने प्रयास गरिरहेको बताउनु भयो । उहाँले सरकारले अहिले उद्योग वाणिज्य मन्त्रालयसँग सम्बन्धि कम्पनी ऐन,औद्योगिक व्यवसायी ऐन,बौद्धिक सम्पती ऐन,खानी तथा खनिजसम्बन्धि ऐन,विशेष आर्थिक क्षेत्र ऐन,जग्गा प्राप्ती सम्बन्धि ऐन,सार्वजनिक खरिद ऐन र वन तथा वातारण ऐनलाई परिमार्जन गर्ने तयारीमा रहेको बताउनु भयो । उहाँले यी ऐनहरुमा निजी क्षेत्रको सुझावको आधारमा परिमार्जन गर्नुपर्ने विषयलाई परिमार्जन गर्न सरकार तयार रहेको बताउनु भयो । मन्त्री भण्डारीले नीति ऐन,कानूनमा रहेका समस्याको विषयमा निजी क्षेत्रले दिएका सुझावको आधारमा नीति निर्माण गरिने बताउनु भयो । उहाँले आन्तरिक तथा वाह्य लगानीको लागि रहेका हडल्सहरुलाई सरकारले तत्काल समाधान गरी अगाडि बढ्ने बताउनु भयो । उहाँले स्वदेशी लगानीलाई उत्साहित मनोवलका साथमा अगाडि बढ्ने बताउनु भयो । उहाँले निजी क्षेत्रले सरकारसँग राखेको अपेक्षा नीति,ऐन कानून र सेवा प्रवाहरुको सहुलियतका विषयमा सरकार सकारात्मक रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो,‘उद्योग वाणिज्य मन्त्रालयसँग सम्बन्धि कम्पनी ऐन,औद्योगिक व्यवसायी ऐन,बौद्धिक सम्पती ऐन,खानी तथा खनिजसम्बन्धि ऐन,विशेष आर्थिक क्षेत्र ऐन,जग्गा प्राप्ति सम्बन्धि ऐन,सार्वजनिक खरिद ऐन र वन तथा वातारणसँग सम्बन्धित ऐनहरुलाई चाँडै परिमार्जनका लागि सरकारले सम्बन्धित मन्त्रालयहरुलाई प्रधानमन्त्रीले मन्त्रालयलाई निर्देशन भएको छ । निजी क्षेत्रलाई आग्रह गर्न चाहन्छु । सरकारसँग आउनुस् कहाँ–कहाँ हो समस्या ? सरकारले लगानी भित्र्याउँदा आएका हडल्सहरु छन् । नीति, ऐन,कानूनमा भएका समस्याका विषयमा छलफल गरौं । मुलुकमा भविष्यमा यस्तो वातावरण बनोस् । धेरै विदेशी लगानीलाई स्वागत गर्न पाऔं । स्वदेशी लगानीलाई उत्साहित मनोवलका साथमा अगाडि बढ्न सक्नुपर्छ । निजी क्षेत्रले सरकारसँग राखेको अपेक्षा नीति,ऐन कानून र सेवा प्रवाहरुको सहुलियत हो । तर मुलुकमा भएका कानून व्यवसायीहरुले मात्रै व्याख्या गर्नसक्ने खालको छ । वर्तमान सरकार नीति ऐन कानूनलाई सरल र सबैले बुझ्ने खालको बनाउन लागेको छ । मुलुकमा लगानीमैत्री वातावरण रहेको एक अध्ययनले देखाएको छ । त्यसले उत्साह छाएको छ । दक्षिण एशियामा भारतपछि नेपालमा लगानीको राम्रो वातावरण रहेको कन्ट्री रेटिङ रिपोर्टले देखाएको छ।’


उहाँले लगानीसँग सम्बन्धित मुलुकमा भएका कानून व्यवसायीहरुले मात्रै व्याख्या गर्नसक्ने खालका रहेको भन्दै वर्तमान सरकार नीति ऐन कानूनलाई सरल र सबैले बुझ्ने खालको बनाउन लागेको बताउनु भयो । उहाँले हालै आएको मुलुकको कन्ट्री रेटिङ रिपोर्टले मुलुकमा लगानीमैत्री वातावरण रहेको देखाएकाले उत्साह छाएको बताउनु भयो । उहाँले दक्षिण एशियामा भारतपछि नेपालमा लगानीको राम्रो वातावरण रहेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, माघ १०, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक