काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।
भेटका क्रममा मन्त्री भण्डारीले राजदूत सोङलाई ताक्लाकोट, तिंकररलगायतका देशका पश्चिमी उत्तरी नाका खुलाउने विषयमा ध्यानाकर्षण गराउनुभयो।
उहाँहरूबीच चीन र नेपालको व्यापार सम्बन्धलाई अझै बलियो बनाउने विषयमा छलफल भएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ ।
मन्त्री भण्डारीले राजदूत सोङसँग नेपाली वस्तु चीन निर्यात र सञ्चालनमा रहेका नाकामा आयात सहज गर्नुपर्ने विषयमा छलफल भएको जनाएको छ।
उहाँले नेपालमा उद्योगधन्दा सञ्चालनका लागि चिनियाँ लगानी भित्र्याउने विषयमा पनि राजदूत सोङसँग आग्रह गर्नुभयो ।