fbpx

चुनावअघि नै हुने भयो सुपर डान्सर नेपालको विजेता घोषणा

author

समाचारपाटी

१ year अगाडि

नेपाली विज्ञापन बजारमा छोटो समयमै उत्कृष्टताको अवार्ड पाउदै स्थापित संस्था ए डी रिलिजको निर्माणमा बनेको भारतको सर्वाधिक लोकप्रिय टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर’को आधिकारिक नेपाली फ्रेन्चाईज सुपर डान्सर नेपाल अब प्रसारणको अन्त्यतिर आएको छ। रियल मी प्रेजेंट्स सुपर डान्सर नेपालको सुपर फिनाले यहि शुक्रबार भव्यताका साथ् सम्पन्न हुने भएको छ।

सुपर डान्सर नेपालको सुपर फिनालेमा पाँच सुपर जोडीले स्थान पाएका छन्, जसमा जोडी सिडमिङ्ग (सिद्धार्थ श्रेष्ठ अनि सुपर गुरु मिङ्ग्मा डी लेप्चा), जोडी सानियुम (सानिया भट्टराई अनि सुपर गुरु युमी बलामी), जोडी बिश्वाकर (बिश्वाश थापा अनि सुपर गुरु कारण शाह), जोडी सुबीरब (सुबिक्षा श्रेष्ठ अनि सुपर गुरु रबिता मगर), जोडी प्रसुपा (प्रसन्ना राई आनी सुपर गुरु उपासना शाक्य) रहेका छन्। सुपर डान्सरको डान्स प्रस्तुति कलाको आधारमा जजले गरेको मुल्यांकन अनि दर्शकले दिएको भोटको आधारमा सुपर डान्सरको बिजेता छानिने छ जसलाई 'डान्सको फ्युचर' नाम दिईएको छ।

ए डी रिलिजले फ़्रेञ्चाईज ल्याउने हल्ला चल्दानै सुपर डान्सर नेपालको चर्चा नेपाली मनोरन्जन उद्योगमा सुनिएको थियो। अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाएका बिभिन्न समिश्रण अनि प्रयोगमा रहेका डान्सका भिन्न भिन्न कलाहरुलाई सुपर डान्सरहरुले प्रस्तुत गरे भने नेपाली कला अनि संस्कृतिलाई समेत बेजोड रुपमा प्रस्तुत गरियो, शो को निर्माणमा उच्चस्तरिय प्रविधिको प्रयोग अनि थुप्रै चर्चित हस्तीहरुको उपस्थिथिले शो भब्य बन्न सक्यो। देश तथा बिदेशमा रहेका नेपाली माझ शोले निकै चर्चा प्राप्त गर्यो, जसका कारण हाम्रा सुपर डान्सरहरुले निकै भोट राम्रो संख्यामा भोट समेत प्राप्त गरे। शोको लगानीरनिर्माण प्रोडक्सन भ्यालु, सुपर डान्सरका नृत्य कौशलता अनि क्रियटिभ टिम वाइल्ड रिपर्ज क्रुको मेहनत साथै यसमा खारिएका निर्माण टिमको सहकार्यको कारणले नेपालको अहिलेसम्मकै ठुलो, भब्य अनि उत्कृष्ट डान्सिंग रियालिटी शो सुपर डान्सर नेपाल बन्न सफल भयो।

काठमाडौं, पोखरा, इटहरी, हेटौंडा, बुटवल र नेपालगञ्जमा फिजिकल अडिसन गरिनुका साथै नेपाल बाहिरका नेपालीभाषी रहेका स्थानका प्रतिभालाई समेत सहभागी गराउने उदेश्यका साथ डिजिटल अडिसन समेत गरिएको थियो । अडिसन मार्फत चार देखि चौध बर्षसम्मका हजारौ बालबालिकाले सुपर डान्सर नेपालको मंचमा आफ्नो दमदार प्रस्तुति मार्फत बिभिन्न नृत्यकला देखाएका थिए, जसका कारण दर्शक माझ पनि यो शो र यसका सुपर डान्सर चर्चामा रहन सफल रहे भने उनीहरुको नृत्य कौशलता अनि नृत्य प्रतिको लगाब निकैनै बढ्दो देखियो। भारतको चर्चित मनोरञ्जनात्मक टिभी च्यानल सोनीमा पनि ‘सुपर डान्सर’ ले लोकप्रियताको आधारमा गरिने रेटिङ (टीआरपी) मा अग्रस्थानमा हात पारेको छ।

रियालमी प्रेजेंट्स सुपर डान्सर नेपालको जजमा अभिनेता भुवन केसी, नायिका जसिता गुरुङ र अनि कोरियोग्राफर सुरेन राई रहेका छन् भने कार्यक्रम होस्टमा विल्सन विक्रम राई र कविता नेपाली रहेका छन् । कार्यक्रमको निर्देशक भूषण दाहाल रहेका छन् ।


काठमाडौं

बुधबार, बैशाख १२, २०८१

१६.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

Omoda Nepal

https://omodanepal.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने