fbpx

‘समिट अपार्टमेन्ट निर्माणको क्रममा भाँसिएका घरहरुको क्षतिपूर्ति र संरक्षणकाे व्यवस्था गरियाेस्’:-डा. तोसिमा कार्की

author

समाचारपाटी

१ year अगाडि

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले देशभर बनाईरहेका होटलहरु, भवनहरु र अपार्टमेन्टहरुको तत्काल बैधानिकता खोजी गर्न सरकारसँग माग गर्नु भएको छ ।  

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले ललितपुरको बखुन्डोलमा निर्माणाधिन समिट अपार्टमेन्टको बैधानिकता नरहेको उल्लेख गर्दै सरकारले त्यस्ता बन्दै गरेका सबै अपार्टमेन्ट, भवन र होटलहरुको बैधानिकता खोजी गर्नुपर्ने बताउनु भएको हो । सांसद कार्कीले त्यसका लागि छानवीन गर्न संसदीय समिति बनाउन पनि माग गर्नु भयो । उहाँले समिट अपार्टमेन्ट निर्माणको क्रममा वरपर भाँसिएका घरहरुको उचित क्षतिपूर्तिको व्यवस्था गर्न र दोषीमाथि कडा कारबाही गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

सांसद कार्कीले भन्नु भयो,   ‘ललितपुरको बखुन्डोल हाईटमा १८ रोपनी जग्गामा १६ तले समिट अपार्टमेन्ट बनाईरहँदा विना नक्सा पास, विना इआईए, विना स्थानीयको स्वीकृति बन्दै गर्दा वरपरको घरहरु पूर्ण रुपमा क्षति भएका छन । भासिने, चर्कने क्रम जारी छ । स्थानीयहरुले पटकपटक उजुरी दिएपनि काम नरोकिएको गुनासो गरेका छन । अघिल्लो संसद बैठकमा पनि कुरा उठ्यो । तर, बैधानिक प्रक्रिया अघि बढेको छैन । सभामुख महोदय, म आग्रह गर्न चाहन्छु–यसरी देशभर बनाईरहेका होटलहरु, भवनहरु, अपार्टमेन्टहरुको बैधानिकता खोजी गरियोस् । संसदीय समिति बनाई कन यसको छानवीन प्रक्रिया अघि बढाईयोस् । दोषीलाई कारबाही, पीडितलाई क्षतिपूर्ति र संरक्षण गर्नुपर्ने व्यवस्था आजैबाट सुरु गरियोस् ।’

सांसद कार्कीले समिट अपार्टमेन्टको निर्माण कार्य तत्काल रोकी छानवीनको कामलाई तत्काल अघि बढाउन पनि सरकारलाई दवाव दिनु भयो ।


काठमाडौं

आइतवार, जेष्ठ १३, २०८१

२२.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरेकोमा विरोध गर्दै प्रधानमन्त्रीलाई सम्पादकहरूको...

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

सांसदहरूको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...