fbpx

आत्महत्या रोकथामका लागि राज्यको रणनीति र जनमानसमा सचेतना आवश्यक

author

समाचारपाटी

१ year अगाडि

पोखरा । आत्महत्या न्यूनीकरण तथा रोकथामका लागि राज्यको रणनीति र जनमानसमा सचेतनाको आवश्यक रहेको पोखरामा शुक्रबार आयोजित कार्यक्रममा बताइएको छ । कोशिश (राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्वन संगठन) को आयोजना तथा सिबिएमको समन्वयमा मनोसामाजिक सुस्वास्थ्य तथा आत्महत्या रोकथाम सम्बन्धि परियोजना माथी लक्षित समूहसँग समिक्षा गरिएको कार्यक्रममा सरोकारवालाहरुले बताएका हुन् ।

कार्यक्रममा गण्डकी प्रदेशमा मानसिक स्वास्थ्य समस्याको अवस्था, स्थानीय निकायहरुमा आत्महत्या रोकथामका लागि भएको रणनीति तथा आत्महत्या न्यूनीकरणलाई प्रभावकारी बनाउन कस्ता कदम आवश्यक रहनेछ भन्ने विषयमा समिक्षा गरिएको छ । गण्डकी प्रदेशमा आत्महत्याको घटनाहरु दिनप्रतिदिन बढ्दै गएको हुँदा सन्तोषजनक नभएको वक्ताहरुले बताएका छन् । मानसिक स्वास्थ्य समस्या समाधान र आत्महत्या रोकथामका लागि कोशिशले दिँदै आएको गेट किप्पर तालिम प्रभावकारी भएको कार्यक्रममा बताइएको छ । परियोजनाले आत्महत्या न्यूनीकरणमा खेलेको भुमिका र अव कस्तो भुमिका खेल्नुपर्ने विषयमा समेत समिक्षा गरिएको छ ।

कार्यक्रममा मानव अधिकारकर्मी, सामाजिक अभियन्ता, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सुरक्षाकर्मी, सम्वन्धित सरकारी निकायका कर्मचारी, पत्रकार, शिक्षकलगाएतको प्रतिनिधिमूलक सहभागिता रहेको थियो । साथै कोशिशका अनुगमनकर्ता नबराज गौतम, सिबिएमकी वरिष्ठ कार्यक्रम अफिसर रिता गौतम, कोशिश मनोपरामर्शकर्ता शैलेन्द्र शर्मा र दुर्गाबहादुर थापाको उपस्थितिमा सम्पन्न भएको थियो ।


काठमाडौं

शनिबार, जेष्ठ ५, २०८१

३१.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन