आत्महत्या रोकथामका लागि पोखरामा दुइ दिने ‘गेट किप्पर तालिम’सम्पन्न

author

समाचारपाटी

२ years अगाडि

पोखरा । मनोसामाजिक सुस्वास्थ्य तथा आत्महत्या रोकथाम सम्वन्धि ‘गेट किप्पर तालिम’ सोमबार सम्पन्न भएको छ । आत्महत्या रोकथाममा सबैको सहकार्य भन्ने मुल नाराका साथ कोशिश (राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्वन संगठन) नामक संस्थाको आयोजनामा उक्त तालिम सम्पन्न भएको हो ।

तालिम पोखरा महानगरपालिका वडा कार्यालय ५ र शहरी स्वास्थ्य केन्द्र पोखरा ५ को समन्वय तथा सिबिएमको सहयोगमा सम्पन्न भएको थियो । पहिलो चरणमा पोखरा वडा नं. ५ भित्रका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, विभिन्न संघसंस्था तथा समूहका प्रतिनिधि, विद्यालयका प्रतिनिधिलगाएत ४५ जना तालिममा सहभागि रहेका कोशिशले जनाएको छ ।

तालिम मनोसामाजिक सुस्वास्थ्य तथा आत्महत्या हुन सक्ने सम्भाव्यताको अध्ययन गर्दै यसको रोकथाम कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रीत रहेको थियो । तालिममा मुख्य प्रशिक्षक कोशिशका विनय पाण्डेले प्रशिक्षण गराएका थिएभने कार्यक्रम संयोजक कोशिशका सुदिप घिमिरे, मानव अधिकारकर्मी खिमलाल सुवेदी, शहरी स्वास्थ्य केन्द्र पोखरा ५ का आशिक सुवेदी र कोशिशकी नविना आचार्यले सहजीकरण गर्नुभएकाे थियाे । औपचारिक कार्यक्रम पोखरा वडा नं. ५का वडाध्यक्ष विष्णु प्रसाद बरालको प्रमुख आतिथ्यता र वडा ५ कै जनप्रतिनिधि कल्पना भुवाजी क्षेत्रीले अध्यक्षता गर्नुभएकाे थियाे ।

तालिममा मन स्वास्थ्य भए सबै राम्रो हुदै जानेहुँदा मन स्वस्थ राख्नुपर्नेमा जोड दिइएको थियो । मनलाई स्वस्थ राख्न सके आत्महत्यालाई न्युनीकरण गर्न सकिने तालिममा सिकाइएको थियो । तालिमपश्चात आत्महत्या न्यूनीकरणमा आफूले भुमिका खेल्ने प्रशिक्षार्थीले प्रतिवद्धता व्यक्त गरेका थिए ।


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

२१.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’