दसैँका बेला कालोबजारी भएको चिनी तिहारमा अभाव हुनसक्ने

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । यस वर्ष तिहारमा पनि चिनी अभाव हुने देखिएको छ । चिनी अभाव हुँदा दसैँका बेला कालोबजारी भएको थियो । उपभोक्ताले किलोको एक सय ५० रुपैयाँ तिर्दासमेत चिनी पाएका थिएनन् । सरकारले चाडपर्वलक्षित गरेर साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत १० हजार मेट्रिक टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत १० हजार मेट्रिक टन गरी २० हजार मेट्रिक टन भन्सार छुटमा चिनी खरिद गर्ने निर्णय गरेकोमा खरिद गर्न असफल भए पछि तिहारमा पनि अभाव हुने भएको हो ।

कर्पोरेसन र खाद्य कम्पनीले दसैँ अगाडि नै चिनी खरिद गर्न ग्लोबल टेन्डर गरेकोमा खरिदमै प्रतिकिलो एक सय ४२ रुपैयाँ तिर्नुपर्ने प्रस्ताव परेको छ । त्यसमा पनि भारत सरकारलाई ४० प्रतिशत कर तिर्नु पर्छ । अब सरकारको उच्च तहबाट पहल गरेर कुनै उपाय नखोजिएमा मन्त्रालयको तर्फबाट चिनी ल्याउन सक्ने अवस्था नरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका आपूर्ति महाशाखाका प्रमुख गजेन्द्रकुमार ठाकुरले बताउनुभयो ।

बजारमा अहिले चोरी बाटोबाट ल्याएको चिनी प्रतिकिलो एक सय ५० देखि एक सय ६० रुपैयाँमा बिक्री भइरहेको छ । तर धेरैजसो खुद्रा पसलमा चिनी पाइँदैन । सरकारले आन्तरिक बजारबाट उपलब्ध गराएको ७० टन चिनी काठमाण्डौ उपत्यकामा साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत प्रति ग्राहक दुई किलोका दरले बिक्री गरिरहेको छ ।

सरकारले चाडपर्वमा बजार मूल्य नियन्त्रण गर्नका लागि कर्पोरेसनमार्फत भन्सार छुटमा चिनी आयात गर्दै आएको थियो । तर बितेका दुई वर्षदेखि अनुदानको चिनी खरिदका लागि अर्थ मन्त्रालयले स्वीकृति दिएन । यो वर्ष पनि अर्थले ढिला गरी स्वीकृति दिएपछि ग्लोबल टेन्डर गर्दा चर्को मूल्यको टेण्डर परेको हो ।


काठमाडौं

बिहिबार, जेष्ठ ९, २०८२

२२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन