fbpx

सुदूरपश्चिमले जनकपुरलाई १२४ रनको लक्ष्य प्रस्तुत गर्‍यो

author

समाचारपाटी

१ महिना अगाडि

काठमाडौं I सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई १२४ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रन बनायो।

सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्वाधिक ३३ रनको योगदान दिए। सैफ जैबले २१, इशान पाण्डेले १७ र ब्राण्डन म्याकमुलेनले ११ रन बनाए। अन्य ब्याटर भने प्रभाव जमाउन असफल भए।

५५ रनमा पहिलो विकेट गुमाएपछि सुदूरपश्चिमको इनिङ्स धरमरायो। सैफ जैब र विनोद भण्डारीले पहिलो विकेटका लागि ५५ रनको साझेदारी गरे। तर, हर्श थाकरले आठौं ओभरमा यो साझेदारी तोडेपछि सुदूरले लगातार विकेट गुमाउन थाल्यो।

डेब्यु खेलाडी हर्मित सिंह १ रनमा आउट भए भने कप्तान दीपेन्द्र सिंह ऐरी शून्यमा पभेलियन फर्किए। आरिफ शेखले ६, स्कट कुगेलेइनले ७ र नरेन साउदले ३ रन मात्र बनाउन सके। नरेश बुढाएर भने ९ रनमा अविजित रहे।

जनकपुर बोल्ट्सका किशोर महतोले सानदार बलिङ गर्दै ४ ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए। शेर मल्लले ४ ओभरमा १९ रन खर्चेर २ विकेट हात पारे। अरनिको यादवले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिएका थिए।

अब जनकपुर बोल्ट्सले १२४ रनको लक्ष्य पछ्याउँदै जित हासिल गर्ने प्रयास गर्नेछ।


काठमाडौं

आइतवार, माघ ६, २०८१

२१.५५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन