fbpx

प्रकाश र लक्ष्मीको ‘लाइहेल कालो टिका’ मा
सुदुरपश्चिमेली प्रेम र संस्कृति

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । पछिल्लो समय गीत बजार हेरेर तयार गरिन्छ । गीतसंगीतका आफ्नो कलासंस्कृति कसरी समेट्ने भन्दापनि
युट्युवमा बढी भिउज कसरी बटुल्ने तिर ध्यान दिइन्छ । त्यसैले गीतसंगीतका दिग्गज यसतर्फ चिन्तित छन् ।

आफ्नो कलासंस्कृतिमा प्रति सजक गायक गायिका कमै छन् , सांगीतिक क्षेत्रमा । ति मध्यकी एक हुन् गायिका लक्ष्मी आचार्य
। सुदरपश्चिमकी गायिका आचार्यको प्रत्येक गीतसंगीतमात्यहाँका कलासंस्कृति, रीतिरिवाज, भेसभुषा र भाषासंस्कृति देख्न
सकिन्छ ।

सुदुरपश्चिमका टिपिकल्ली भाका टिपेर त्यहाँकमा रितिरिवाज सहितका ‘ओ मेरी भाउजु’, ‘भन् साली तेरी दिदी कहाँ’
जस्ता युट्युवको करोड क्ल्बमा पुग्न सफल गीतहरु दिएकी आचार्यको नयाँ गीत ‘लाईहेल कालो टिको’ सार्वजनिक भएको छ । सुदरपश्चिमको एकदमै चर्चित र ऐतिहासिक भाषाकासाथ आएको यो गीत त्यहाँकै कल्चर शैलीमा गीत तयार छ ।

नरेन्द्रराज रेग्मीको शब्द संगीत रहेको गीतमा गायिका आचार्यलाई स्वरमा अर्काे चर्चित गायक प्रकाश सपुतले साथ दिएका
छन् । प्रकाशले स्वर दिएको यो नै पहिलो सुदुरपश्चिको गीत हो । थुप्रै गीत मार्फत आफुलाई अब्बल साबित गर्दै आएका प्रकाशले यो गीत सुदुरपश्चिमकै शैलीमा निकै मिठो तवरबाट स्वर दिएका छन् ।

उनको स्वर सुन्दा उनले सुदुरपश्चिको शैलीको गीत पहिले देखिनै गाउने गरेको आभाष हुन्छ । चर्चित गायक प्रकाश सपुतसँग सहकार्य गर्न पाउदा निकै खुसी देखिएकी गायिका आचार्यले सपुतको स्वरले गीतमा सुन र सुगन्ध दुबै भर्ने काम गरेको बताउँछिन् ।

गीत अनुसारको भिडियो निकै आकर्षक बनेको छ । प्रकास सपुत र लक्ष्मी आचार्यकै अभिनय रहेको भिडियोमा एकजोडी
युवायुवतीको प्रेमकथा देखाउन खोजिएको छ । एउटी बिछट्टै राम्री केटीलाई अरुको नजर लाग्ने होकी भनेर फलो गरिरेका एक युवकले ति युवतीलाई ठट्यौली पारामा आफ्नो प्रेम ब्यक्त गीतमा गर्दछन् । भिडियोले पनि त्यही कथा बुनेको छ ।

मौसम हिमालको निर्देशन रहेको भिडियोमा आचार्य र सपुतको जोडी निकै सुहाएको छ । प्रबिन भट्टको सम्पादन र नवराज
उप्रेतीको छायांकन रहेको भिडियोले गीतलाई झनै सिंगार्ने काम गरेको छ । आफ्नो भाषा, संस्कृति प्रति आफु सचेत रहेकोले आफ्नो गीतसंगीत सधै सुदुरपश्चिका कलासंस्कृतिले भरिपुर्ण हुने गायिका आचार्य बताइन् । ‘हामी जो जुन कर्ममा छौ ।

त्यही कर्मबाट आफ्नो कलासंस्कृति प्रति सजक हुनुपर्छ’आचार्यले थपिन्, ‘त्यसपछि मात्र हाम्रो कला संस्कृतिले अन्तराष्ट्रिय स्तरमा पनि प्रथामिकता पाउन थाल्छ ।’

https://www.youtube.com/watch?v=39olVfzLqY4&feature=youtu.be


काठमाडौं

बुधबार, चैत्र ५, २०८१

१२.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

पुल्चोक क्याम्पसमा २ हजार ९७९ मत खस्यो

झडप भएपछि पाटन संयुक्त क्याम्पसको चुनाव स्थगित

काठमाडौं उपत्यकाका ११ क्याम्पसमा स्ववियु नेतृत्वका लागि मतदान हुँदै

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन