fbpx

‘आज सुदूरपश्चिम पनि कर्णाली, काली कर्णाली, यो प्रदेश, यो भेग पनि पछाडि परेको छ’:-केपी शर्मा ओली

author

समाचारपाटी

१ year अगाडि

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको सञ्चार क्षेत्रमा सुधार ल्याउन आफू नेतृत्वको सरकारको योगदान रहेको दाबी गर्नुभएको छ । 

आफूले प्रधानमन्त्री भएका बेला अप्टिकल फाईबर र केबल कार बिछ्याउने कामदेखि सबै जिल्लाहरुमा फोरजी सेवा उपलब्ध गराउने अभियानलाई सफलतापूर्वक अगाडि सारेको हुनाले अहिले सञ्चार क्षेत्रमा नेपाल अलिक बलियो भएको ओलीको भनाई थियो । सांस्कृतिक समाज, नेपालले सोमवार काठमाडौंमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा बोल्दै ओलीले नेपालको सञ्चार क्षेत्रलाई अझै सुदृढ बनाउन जरुरी रहेको समेत बताउनु भयो । उहाँले नेपालको सुदूरपश्चिम क्षेत्रलाई इतिहास, राजनीतिक, सांस्कृतिक क्षेत्रको जागरणको उद्गम क्षेत्रको रुपमा चित्रण गर्दै अब यो क्षेत्र पछाडि परिरहन नसक्ने बताउनु भयो । दुर्गम सुदूरपश्चिम क्षेत्रको कमजोरी भएपनि अब त्यसलाई कनेक्टिभिटीको माध्यमबाट हटाउने कामले तिब्रता पाएको उल्लेख गर्दै अध्यक्ष ओलीले सो ठाउँ अब सहज ढंगले अघि बढने बताउनु भयो । उहाँले त्यहाँको देउडा संस्कृति हरेक नेपालीको आफ्नै संस्कृति भएको पनि बताउनु भयो । 

ओलीले भन्नुभयो, ‘सुदूरपश्चिम प्रदेश सधैं पछाडि परिरहन सक्दैन । आज सुदूरपश्चिम पनि कर्णाली, काली कर्णाली, यो प्रदेश, यो भेग पनि पछाडि परेको छ । तर यो सधैं पछाडि पर्न सक्दैन । किनभने स्रोतहरुको हिसावले, अनेक हिसावले यसको कमजोरी भनेको एउटा दूर्गमता मात्रै हो । अब त्यस दुर्गमतालाई हामीले अनेक प्रकारका कनेन्टिभिटीहरु बाटाको कनेक्टिभिटी, हवाई यातायातको कनेक्टिभिटी, अब बिस्तारै हामीले केवल कारका कनेक्टिभिटी, अहिले सञ्चारका कनेक्टिभिटी आदिबाट हामी जोडिईसकेका छौं । र, अरु कनेक्टिभिटी पनि हामीले जोड्नु छ । म प्रधानमन्त्री भएकै समयमा अप्टिकल फाईबर र केवल कार बिछ्याउने कामहरुदेखि लिएर सबै सबै जिल्लाहरुमा फोरजी सेवा उपलब्ध गराउने त्यो अभियानलाई सफलतापूर्वक अगाडि सारेको हुनाले अहिले सञ्चार क्षेत्रमा हामी अलिक बलिया भएका छौं । अझै यसलाई सुदृढ गर्न जरुरी छ । सुदूरपश्चिम एउटा इतिहास बोकेको ठाउँ हो । संस्कृति बोकेको ठाउँ हो । कला बोकेको ठाउँ हो । राजनीतिक जागरणको हिसावले अन्यत्र कहीँ भन्दा दशरथ चन्दका हजुरबुबाहरु जंगबहादुर राणाले १९०३ मा कोतपर्वबाट कब्जा गरेपछि नै दशरथ चन्दका हजुरबुबाहरुले नै विद्रोहको आगो सल्काउनु भएको थियो । त्यसैबेला । राणा शासनको विरोध गर्दै केही निर्वासनमा जानु भएको थियो । पहिलो सहिदको हिसावमा सुदूरपश्चिम, राजनीतिक जाँगरणको हिसावमा पहिलो सुदूरपश्चिम । अहिले पनि त्यहाँको देउडा गीत । हर नेपालीको गीत हो ।’

त्यस अवसरमा अध्यक्ष ओलीले सुदूरपश्चिम क्षेत्रले नै नेपालको राणा शासन अन्त्यका लागि विगुल फुकेको पनि स्मरण गराउनुभएको थियो । कार्यक्रममा देउडा संस्कृति झल्कने खालको सांस्कृतिक कार्यक्रम प्रर्दशन गरिएको थियो ।


काठमाडौं

मङ्लबार, मंसिर १८, २०८१

९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक