सुडानी सरकारले सोमवार अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेसद्वारा गतिविधि आयोजना गरेकोमा केन्या विरुद्ध बढ्दो कदम चाल्ने चेतावनी दिएको छ । अफ्रिकी संघ र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूलाई ज्ञापनपत्र बुझाउने र सुडानप्रतिको केन्याको शत्रुतापूर्ण अडानका लागि अन्य कदमहरु बढाउने बताएको छ । सुडानको विदेश मन्त्रालयका उपसचिव हुसेन अल–अमिनले पोर्ट सुडानमा एक पत्रकार सम्मेलनमा बताउनु भयो । सुडानी अधिकारीले केन्याले अप्रिल २०२३ को मध्यदेखि सुडानी सशस्त्र बलसँग लडिरहेको आरएसएफलाई समर्थन गरेको आरोप लगाउनु भयो ।
सिन्ह्वा