सुडानी राजधानी खार्तुमको दक्षिणी भागमा मानवीय सहायताको वितरण शुरु भएको छ । जसको उद्देश्य हालको गृहयुद्धको बीचमा गम्भीर मानवीय अवस्थासँग जुधिरहेका ८० हजार भन्दा बढी युद्ध प्रभावित मानिसहरूलाई सहयोग गर्नु हो । खार्तुमको दक्षिणमा रहेको अल–अजहारी, अल–इङ्गाज, एड हुसेन र मेयो छिमेकका हजारौं बासिन्दाहरूलाई सहायता वितरण गर्न आठ केन्द्रहरू स्थापना गरिएको छ । दक्षिण खार्तुम आपतकालीन कक्षका प्रवक्ता मोहम्मद कान्दशाले बताउनु भयो । देशका २८.९ मिलियन मानिसहरूलाई मानवीय सहायताको आवश्यकता छ । अन्तर्राष्ट्रिय संस्थाहरूको अनुमानअनुसार, घातक द्वन्द्वले सुडान भित्र वा बाहिर लगभग ३० हजार जनाको ज्यान लिएको छ । १ करोड ४० लाखभन्दा बढी मानिसहरू विस्थापित भएका छन् ।
सिन्ह्वा