सुडानको संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष तथा सुडानी सशस्त्र बलका जनरल कमाण्डर अब्देल फताह अल बुर्हानले इन्फन्ट्री डिभिजनको भ्रमण गर्नुभएको छ ।
शनिवार उहाँले ब्लु नाइल राज्यमा रहेको सेनाको चौथो इन्फन्ट्री डिभिजनको भ्रमण गर्नुभएको हो । कार्यक्रममा सैनिकहरुलाई सम्बोधन गर्दै अल बुर्हानले अफ्रिकी संघ (एयु) र विकासमा अन्तर सरकारी प्राधिकरण (आइजीएडी) लाई सुडानको आन्तरिक मामिलामा नकारात्मक र अस्वीकार्य हस्तक्षेप रोक्न आह्वान गर्नुभयो । उहाँले अफ्रिकी युनियनको बारेमा आफूहरुको स्पष्ट धारणा रहेको भन्दै आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरे सह्य नहुने चेतावनी दिनुभयो ।
उहाँले शान्ति स्थापनाको लागि सरकारले काम गरिरहेको बताउनु भयो । उहाँले आफूहरुको हात सधैँ शान्ति स्थापनाका लागि फैलिएको भन्दै यसमा वाह्य हस्तक्षेप नगर्न आग्रह गर्नुभयो ।
सुडानले अप्रिल १५ देखि खार्तुम र अन्य क्षेत्रमा एसएएफ र आरएसएफ बीचको झडप व्यहोरिरहेको छ । जसमा हालसम्म ३ हजार भन्दा बढीको ज्यान गएको छ भजने ६ हजार बढी घाइते भएका छन् ।
सिन्ह्वा