काठमाडौं l झापाको मेची बहुमुखी क्याम्पसमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ नेविसंघको प्यानल नै विजयी भएको छ ।क्याम्पस प्रमुख देवीप्रसाद आचार्यका अनुसार अध्यक्षमा नेविसंघकी निलम कार्की ८२६ मतसहित विजयी भएकी हुन् । सचिवमा नेविसंघकै विवेक तामाङले ६३३ र कोषाध्यक्षमा नेविसंघका प्रतिक रौनियारले ९०९ मत ल्याएर विजयी भएका छन् ।