काठमाडौं । दार्चुलाको मालिकार्जुन गाउँपालिकास्थित शंकरपुर क्याम्पसको स्ववियु अध्यक्षमा अखिल (क्रान्तिकारी) को तर्फबाट उम्मेदवार बनेर जानकी टमटा निर्वाचित भएकी छन् ।अध्यक्षमा निर्वाचित टमटा दार्चुलाकै पहिलो दलित महिला हुन् ।
स्नातक तह दोस्रो वर्षमा अध्ययनरत टमटा निडर भएर आफ्ना विचारहरू व्यक्त गर्ने सक्ने क्षमताकी छन् । उनी विकृति र विसंगतीविरुद्ध प्रष्ट रूपमा बोल्दै आएकी छन् ।
माओवादी आन्दोलनले पछाडि परेका र पारिएका वर्ग समुदायको उत्थान र विकासमा निकै महत्त्वपूर्ण भूमिका खेलेकाले आफू माओवादी विचारधाराको आन्दोलनमा सहभागी हुँदै आएको उनले बताइन् । आफ्नो नेतृत्वमा शंकरपुर क्याम्पसका विभिन्न शैक्षिक समस्याहरूको समाधानका लागि पहल गर्दै उत्कृष्ट शैक्षिक संस्थाको रूपमा स्थापित गराउन काम गर्ने उनको प्रतिबद्धता छ ।