काठमाडौं उपत्यकाका ११ क्याम्पसमा स्ववियु नेतृत्वका लागि मतदान हुँदै

author

समाचारपाटी

१ महिना अगाडि

काठमाडौं l त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसहरु अन्तर्गत काठमाडौं उपत्यकाको ११ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको नयाँ नेतृत्व चयन गर्न मतदान भइरहेको छ ।क्याम्पसहरूमा बिहान ८ बजेदेखि मतदान जारी रहेको छ । सम्बन्धित क्याम्पसका प्रमुखहरुका अनुसार शान्तिपूर्ण रुपमा मतदान जारी रहेको छ । महाराजगञ्ज चिकित्सा क्याम्पसमा ४०० भन्दा बढी मत खसेको छ । क्याम्पस प्रमुख डा सुरेश उप्रेका अनुसार ‘शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ।

सानोठिमी क्याम्पसमा साँढे १० देखि मतदान सुरु भएको छ । केही प्राविधिक समस्याका कारण निर्वाचन ढिला गरी सुरु भएको निर्वाचन आचारसंहिता प्रमुख जगतकृष्ण पोखरेलले बताएका छन् । ‘उनका अनुसार सानोठिमीमा १४५६ जना मतदाता रहेका छन् ।

काठमाडौं भोटाहिटीस्थित ललितकला क्याम्पसमा पनि स्ववियु चुनाव जारी छ । पूर्वक्याम्पस प्रमुख रमेश पोखरेलका अनुसार क्याम्पसमा ५२३ जना मतदाता रहेका छन् ।

महेन्द्ररत्न क्याम्पस ताहाचलमा पनि स्ववियु चुनावको मतदान धमाधम भइरहेको छ । क्याम्पस प्रमुख गेहेन्द्रप्रसाद दाहालका अनुसार मतदान शान्तिपूर्ण वातवरणमा भइरहेको छ । कुल विद्यार्थ ३५ सय भए पनि १६१५ जनाले भर्ना गरेर कार्ड लिएकाहरुले मतदान गर्देछन् । 

पाटन संयुक्त क्याम्पसमा १०० मत खसेपछि चुनाव रोकिएको छ । मतदाता कार्डमा विवाद भएपछि चुनाव रोकिएको क्याम्पसका सहायक क्याम्पस प्रमुख कृष्ण बिकेले बताए । ‘

उपत्यकामा चुनाव भएका क्याम्पसहरुको नामावली यसप्रकार रहेको छ -

थापाथली इन्जिनयरिङ क्याम्पस

पुल्चोक इन्जिनयरिङ क्याम्पस

नेपाल कमर्श क्याम्पस

आयुर्वेद क्याम्पस

महेन्द्ररत्न क्याम्पस ताहाचल

ललितकला क्याम्पस

भक्तपुर बहुमुखी क्याम्पस

सानोठिमी क्याम्पस

महारजगन्ज नर्सिङ क्याम्पस

महारजगन्ज चिकित्सा क्याम्पस

जनप्रशासन क्याम्पस

पाटन संयुक्त क्याम्पस

त्रिभुवन विश्वविद्यालयका अनुसार ४५ वटा आंगिक क्याम्पसमा मतदान भइरहेको छ । त्रिविका शिक्षाध्यक्ष प्राडा खड्ग केसीका अनुसार चुनाव हुन बाँकी क्याम्पसमा सहमतिको प्रयास जारी रहेको छ ।त्रिविको ६४ वटा अंगिक क्याम्पस र १ हजार ५३ वटा सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् ।


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

१८.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’