fbpx

तराई र कर्णालीको पहाडी भेगमा तीव्र गतिमा हावाहुरी चल्ने,सावधानी अपनाउन आग्रह

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । आज सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा तीव्र हावाहुरीको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् समिर श्रेष्ठका अनुसार सुदूरपश्चिम र लुम्बिनीका तराई भेग र कर्णालीको दक्षिणी पहाडी भेगमा तीव्र गतिमा हावाहुरी चल्ने सम्भावना छ ।

दिउँसो १२ बजेपछि यी क्षेत्रमा तीव्र गतिमा हावा चल्ने अनुमान गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार हावाहुरी ४० देखि ५० किलोमिटर प्रतिघण्टाको गतिमा चल्ने अनुमान छ । पश्चिमी वायुको प्रभावका कारण हावाहुरी चल्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

यो वायुको प्रभावले काठमाण्डौसहित अन्य क्षेत्रमा पनि हावा चल्ने अनुमान छ । तर, सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा जस्तो अन्य ठाउँमा तीव्र गतिमा हावा नचल्ने मौसमविद् श्रेष्ठले बताउनुभयो ।

हावाहुरीले सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा क्षति गर्न सक्ने भएकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ । दिउँसोको समयमा घर बाहिर हिँडडुल गर्दा सतर्कता अपनाउन सुझाव दिइएको हो । हावाहुरी चलेको समयमा सकेसम्म घरभित्रै बस्न मौसमविद् श्रेष्ठको सल्लाह छ ।

१३ देखि २२ किलोमिटर प्रति घण्टाको गतिमा चल्ने हवाहुरीलाई सामान्य मानिन्छ । तर, ४० देखि ५० किलोमिटर प्रतिघण्टामा हावा चल्ने भएकाले सावधानी अपनाउन भनिएको हो ।


काठमाडौं

आइतवार, माघ २७, २०८१

१९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

माधव नेपालको आरोपः ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन्

कानून कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्यायौँः प्रधानमन्त्री ओली

सरकारले नीतिगत र कानूनी सुधारमा काम गरिरहेको छः गृहमन्त्री...

किमाथाङ्का अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर विक्रीमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर