fbpx

पोखरामा डिसेम्बर ३१ मा पाँच जना चर्चित कलाकारले प्रस्तुति दिँदै

author

समाचारपाटी

३ हप्ता अगाडि


पोखरा । पोखरामा अंग्रेजी नयाँ वर्षको सन्दर्भमा हुने नेपालको सबैभन्दा ठूलो सडक महोत्सवमा एकैदिन पाँच जना चर्चित कलाकार र उनीहरुको ब्याण्डले प्रस्तुति दिने भएका छन् । ‘द इण्ड गेम’ नाम दिएर अंग्रेजी नयाँ वर्ष २०२५ लाई स्वागत गर्न लेकसाइडको बसुन्धरा पार्करकोमागाने पार्कमा डिसेम्बर ३१ (पुस १६)मा कार्यक्रम हुन लागेको हो । प्रचार नेपाल र स्पेक्स–१४ को आयोजना र आर्बिटरी इभेन्टससँगको सहकार्यमा कार्यक्रम हुने भएको हो ।

पुस १३ देखि १७ सम्म रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान)पोखराले २६ औं संस्करणको पोखरा सडक महोत्सव गर्दैछ । नेपालको सबैभन्दा ठूलो स्ट्रीट फेस्टिभलमा देश÷विदेशबाट पर्यटकको ओइरो लाग्छ । सडक महोत्सवको सन्दर्भमा हुने ‘द इण्ड गेम’ वर्ष २०२४ को अन्त्यको उत्सवको मुख्य आकर्षण बन्ने आयोजकको विश्वास छ ।

‘द इण्ड गेम’ मा सबिन राई एण्ड फेरोह, पूर्ण राई र दाजु–भाइहरु, र्यापर डोङ, देवेन्द्र बब्लु एण्ड द फिरन्ती, द इन्फ्लेम ब्यान्डजस्ता चर्चित ब्याण्ड र कलाकारहरुको प्रस्तुति रहने आयोजक प्रचार नेपालका सञ्चालक आशिष पुरीले जानकारी दिनुभयाे । चर्चित पोडकास्ट सञ्चालक सञ्जय सिलवाल गुप्ताले यो कार्यक्रम सञ्चालन गर्ने छन् । डिसेम्बर ३१ मा हुने कार्यक्रम संगीत र मनोरन्जन प्रेमीहरूका लागि अविस्मरणीय अनुभव बन्ने स्पेक्स–१४ का सञ्चालक महेश्वरसिंह भण्डारीले बताउनुभयाे ।

उक्त दिनको कन्सर्टको टिकट डिजिटल वालेट खल्तीमार्फत खरिद गर्न सकिने उहाँले जानकारी दिनुभयाे । खल्तीबाट अग्रिम टिकट लिँदा त्यसको मूल्य ७ सय ५० रुपैयाँ पर्नेछ । कार्यक्रम स्थलमा टिकटको मूल्य एक हजार रुपैयाँ पर्ने आयोजकले जनाएको छ । कन्सर्ट स्थलमा नयाँ वर्ष २०२५ को स्वागत स्वरुप हुने आतिसबाजीको अवलोकन, खानाका परिकारको स्वाद लिन र खेलकुद गतिविधिमा सहभागी हुन सकिने छ ।


काठमाडौं

शुक्रबार, माघ ४, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविसँगै छुटेका पूर्वडीआईजी अझै काठमाडौंमा हाजिर भएनन्

प्रचण्डको गणतन्त्र दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

थारू बस्तीहरुमा माघी चहलपहल शुरू