काठमाण्डौँ । सामाजिक यथार्थतालाई टपक्कै टिपेर गीत संगीतमा उन्न खप्पिस लोकप्रिय गायक तथा सर्जक जे. बि. ओलीले आफ्नै जिबन कथामा भर्खरै एउटा गीत सार्बजनिक गरेका छन् । उक्त गीत ''युरोपको कथा'' बोलको रहेको छ । उनि अहिले पोर्चुगल रहेका छन् । जे.बि. ले केहि समय अगाडी मात्रै रातो पासपोर्ट बोलको गीतलाई सार्बजनिक गरेका थिए ।
भर्खरै सार्बजनिक गरिएको गीतमा जे.बि. ले बाध्यता र विवसता बाट परदेशिएका अशंख्य नेपालीहरुको जिबन कथालाई समाबेस गरेका छन् । गीत सामाजिक याथार्थतामा रुमलिएको भएता पनि उनले आफ्नै जिबन कथा भनेर प्रस्तुत गर्नुले साँच्चै जे.बि. पनि ति त्यस्तै भुमरीमा भित्र रहेको स्पष्ट हुन्छ ।
जे.बि. ओलीको लय शब्द र सुमधुर स्वरले सजिएको यस गीतको म्युजिक भिडियोलाई महेन्द्र गौतम स्मारिका ढकाल र शिवशरण न्यौपानेको अभिनयले थप जीवन्तता दिएको छ । सार्बजनिक गरिएको छोटो समयमा नै अत्याधिक दर्शकहरुको माया पाउन सफल 'युरोपको कथा' बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन तथा छायांकन दुर्गा पौडेलले गरेका हुने भने छायांकन नबिन घर्ति मगरले गरेका छन् । गीतलाई जे.बि. ओली युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । भिडियो हेर्न तल क्लिक गर्नु होला ।
https://www.youtube.com/watch?v=KQWmz1mjQnc