काठमाडौं I हप्ताको पहिलो दिन शेयर बजारमा गिरावट देखिएको छ। शेयर बजार परिसूचक नेप्से आज ९.९९ अंकले घटेर २,७३८.०६ विन्दुमा झरेको छ।
आजको कारोबारमा विकास बैंक, होटल, र व्यापार समूहबाहेक अन्य सबै समूहको शेयर घटेको छ। विशेष गरी फाइनान्स, जलविद्युत्, बीमा, उत्पादन, र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ।
जानकी फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले घटेर सबैभन्दा धेरै गिरावट भएको छ भने नेपाल फाइनान्स कम्पनीको शेयर पनि ९ प्रतिशतभन्दा बढीले घटेको छ। यद्यपि, समग्र बजार घटेको दिन विशाल बजार, कर्पोरेट विकास बैंक, सिन्धु विकास बैंक, ग्रीन विकास बैंक, र सप्तकोशी विकास बैंकका शेयर १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।
आजको कारोबारमा ३१४ वटा कम्पनीका १ करोड ६७ लाख कित्ता शेयर किनबेच भएको छ। कुल कारोबार रकम ८ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। सबैभन्दा धेरै एक्सेल विकास बैंकको शेयर कारोबार भएको छ, जसको कारोबार रकम ३४ करोड रुपैयाँ रहेको छ।