काठमाडौं । मंगलबार सेयर बजारका सबै सूचक बढेका छन् ।परिसूचक नेप्से २४/५० अंक बढेको छ । सो अंकको वृद्धिपछि २६५७ मा कायम भएको छ ।
कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो दिन ८ अर्ब ९२ करोडको कारोबार भएकोमा आज ९ अर्ब ४० करोडको भयो । १७७ कम्पनीको मूल्य बढ्दा ६० को घट्यो भने ६ को स्थिर रह्यो ।
यस दिन विकास बैंक सेक्टर सबैभन्दा धेरै ४/०७ प्रतिशत बढेको छ । बैंकिङ ०।२२, फाइनान्स १/८८, होटल तथा पर्यटन ०।६८, हाइड्रोपावर १।४९, लगानी १, जीवन बीमा ०।०८, उत्पादन १/२३, माइक्रोफाइनान्स ०/४८, निर्जीवन बीमा ०/२८, अन्य १/७४ र व्यापार ०/२४ प्रतिशत बढे ।
६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । उपकार लघुवित्त, सिक्लेस हाइड्रोपावर, थ्रीस्टार हाइड्रोपावर, जानाकी फाइनान्स, न्यादी हाइड्रोपावर र सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशत बढेको हो । त्यस्तै सिन्धु विकास बैंकको ९/४७, मितेरीको ८/८३, ग्रीन ८/१९ र एक्सल डेभलपमेन्ट बैंकको ७/६३ प्रतिशत मूल्य बढ्यो ।
दोल्ती पावरको ८/४३, सप्तकोशी विकास बैंकको ४/६३ तथा भूगोल इनर्जीको २/८ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा सप्तकोशी विकास बैंक, नेपाल पुनर्बीमा कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन पावर पार्टनर र ङादी ग्रुप पावर क्रमशः अगाडि रहे ।