काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से झण्डै ३० अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से २९.८७ अंकले बढ्दै २ हजार ७२७.९१ को बिन्दुमा पुगेको हो ।
यस दिन १ करोड ८० लाख ८१ हजार कित्ता सेयर किनबेच हुँदा १० अर्ब ४ करोड ९६ लाख बराबरको सेयर किनबेच भएको छ ।
यस दिन ६ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्दा सप्तकोसी डेभलपमेन्ट बैंकको सेयरमा भने नेगेटिभ सर्किट लाग्न पुग्यो ।