सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से १७.३६ अंकले वृद्धि हुँदा १९०५.६८ अंकमा बन्द भएको छ । मंगलबार म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा वृद्धि हुँदा कारोबार रकममा पनि वृद्धि भएको छ ।

बजारलाई लिड गर्ने बैंकिङ उपसूचक नै ०.९९ प्रतिशतले वृद्धि हुँदा होटल तथा पर्यटन उपसूचक सर्वाधिक १.९२ प्रतिशत र उत्पादनमूलक उपसूचक १.८२ प्रतिशतले वृद्धि भएको छ । सोमबार ७५ करोडमा सीमिति भएको कारोबार रकम मंगलबार बढेर ८८ करोड ५६ लाख रुपैयाँ पुगेको हो । मंगलबार कारोबार भएकामध्ये शिवम् सिमेन्टको सर्वाधिक ७ करोड ९ लाखको कारोबार हुँदा कालिञ्चोक दर्शन लिमिटेडको ३ करोड १ लाख र नबिल बैंकको करिब २ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ ।

मंगलबार सेयर बजारमा कुल २१७ कम्पनीको सेयर कारोबार भएकोमा १६८ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । त्यस्तै ४४ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ५ कम्पनीको भने स्थिर रहेको छ । मंगलबार कारोबार भएकामध्ये तारागाउँ रिजेन्सी होटलको सेयरमूल्य सर्वाधिक ८ प्रतिशतले वृद्धि हुँदा खप्तड लघुवित्तको सेयरमूल्य ७.८५ प्रतिशत र सिद्धार्थ प्रिमियम इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ४.५१ प्रतिशतले वृद्धि भएको छ ।

यता पिपुल्स पावर कम्पनीको सेयरमूल्य सर्वाधिक ४.६७ प्रतिशतले गिरावट हुँदा धौलागिरि लघुवित्तको सेयरमूल्य ३.५० प्रतिशतले गिरावट भएको छ । यस्तै सनराइज ब्लुचिप फण्डको इकाइमूल्य सर्वाधिक १० प्रतिशतले गिरावट भएको छ ।

onlinekhabar


काठमाडौं

शुक्रबार, जेष्ठ ३, २०८२

३०.०१°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान