fbpx

आज पनि बढ्यो शेयर बजार, कारोबार रकम उच्च

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । लगातार सातौँ दिन आज बुधवार पनि शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ४९ अङ्कले बढेर एक हजार नौ सय ५९ दशमलव १२ विन्दुमा पुगेको छ ।

आज फाइनान्स, जलविद्युत् र म्युचल फन्डबाहेकका समूहको शेयर बढेकोमा होटल तथा पर्यटन र उत्पादन समूहको शेयर उच्च अङ्कले बढेको छ ।

बजार बढेपनि आज कारोबार रकम भने घटेको छ । हिजो दुई अर्ब २० करोड रुपैयाँको कारोबार भएकोमा आज दुई सय ७० वटा कम्पनीको ४८ लाख ६५ हजार कित्ता शेयर एक अर्ब ८७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १४ करोड ६४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज आत्मनिर्भर लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि अजोड इन्सुरेन्स लिमिटेडको शेयर साढे तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।


काठमाडौं

आइतवार, कार्तिक २५, २०८१

१९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई आज अदालतमा उपस्थित गराइँदै, पोखरामा रास्वपाले प्रदर्शन गर्ने

के कारणले विश्वकै शक्तिशाली कुर्सीमा फर्किन सफल भए त...

प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरो, केही दिन आराम गर्न चिकित्सकको...

अमेरिकी राष्ट्रपति चुनावको मतदानमा ट्रम्प अगाडि

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन