fbpx

नेप्सेमा तीव्र उतारचढावबीच २१.३४ अंकको गिरावट

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । सेयर बजारमा तीव्र उतारचढावबीच बजार परिसूचक नेप्से ०।९६ प्रतिशतले गिरावट भएर बन्द भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से ९९।४२ अंकको उतारचढाव हुँदा कारोबार रकम पनि बढेर साढे ७ अर्ब नाघेको छ ।

मंगलबार बजार परिसूचक नेप्से २१।३४ अंकले घटेर २१९०।४२ अंकमा बन्द हुँदा ‘इन्ट्रा–डे’ कारोबारमा नेप्से २२७७।६१ को उच्च बिन्दु २१७८।१९ अंकसम्म झरेको थियो । बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा वृद्धिका बाबजुत अधिकाम्स उपसूचकमा गिरावट हुँदा नेप्सेमा पनि गिरावट भएको छ ।

संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सेयर बजारमा आएको सकारात्मक परिवर्तनलाई नयाँ सरकारप्रति जनताको भरोसाको संकेतका रूपमा लिएको बताइरहँदा सेयर बजारमा भने एकैदिन ९९।४२ अंकको उताचढाव देखिएको छ । बजारमा तीव्र उतारचढाव हुँदा सानो कित्तामा धेरै संख्यामा सेयर कारोबार भएको छ ।

बैंकिङ उपसूचक ०।६० प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक ४।३१ प्रतिशत र होटल तथा पर्यटन उपसूचक ३।४१ प्रतिशतले गिरावट भएको छ । गत बिहीबार, आइतबरा र सोमबार लगातार ३ कारोबार दिन ५ अर्ब माथिको कारोबार भएको बजारमा मंगलबार कारोबार रकम बढेर साढे ७ अर्ब नाघेको छ । कुल १ लाख ९ हजार ९६७ वटा कारोबारमा २ करोड ८ लाख ४३ हजार ९५२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६५ करोड ८८ लाख २४ हजारको कारोबार भएको छ । जसमध्ये ङ्यादी ग्रुप पावरको २१ करोड २१ लाख १ हजारको कारोबार भएको छ । त्यस्तै अपी पावरको २० करोड ६७ लाख ९ हजार र रिडी पावरको १८ करोड १५ लाख ३३ हजारको कारोबार भएको छ ।

मंगलबार नेप्सेमा कुल २०९ कम्पनीको सेयर कारोबार भएकोमा १५१ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै ५३ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ५ कम्पनीको सेयर मूल्य स्थिर छ ।

मंगलबार बाराही हाइड्रोपावरको सेयरमूल्य ९।९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा बन्द हुँदा सिंगटी हाइड्रोपावरको सेयरमूल्य ८।४५ प्रतिशत र वीन नेपाल लघुवित्तको सेयरमूल्य ८।३० प्रतिशतले वृद्धि भएको छ ।

यता तारागाउँ रिजेन्सी होटेलको सेयरमूल्य ८।७४ प्रतिशतले गिरावट हुँदा बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयरमूल्य ७।४७ प्रतिशत र रिभर्स फल्स हाइड्रोपावर कम्पनीको सेयरमूल्य ६।८३ प्रतिशतले गिरावट भएको छ ।

onlinekhabar


काठमाडौं

शनिबार, माघ ५, २०८१

१२.६३°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन