fbpx

साताको अन्तिम दिन घट्यो कारोबार रकम

author

समाचारपाटी

३ हप्ता अगाडि

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्सेसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से ११.१० अंक घटेको हो । सो अंकको गिरावटपछि नेप्से २६५४ अंकमा कायम भएको छ । त्यस्तै कारोबार रकम ७ अर्ब ८५ करोडमा खुम्चिएको छ । अघिल्लो दिन ९ अर्ब २० करोडको भएको थियो ।

८६ कम्पनीको मूल्य बढ्दा १५० को घट्यो भने ७ को स्थिर रह्यो । विकास बैंक समूह ०.८३ प्रतिशत बढ्यो भने उत्पादन समूह स्थिर रह्यो । बैंकिङ ०.६१, फाइनान्स २.४३, होटल तथा पर्यटन ०.७८, हाइड्रोपावर ०.५५, जीवन बीमा ०.०१, लगानी ०.७९, माइक्रोफाइनान्स ०.०१, निर्जीवन बीमा ०.७३, अन्य ०.३५ र व्यापार समूह ०.२३ प्रतिशत घटे ।

३ कम्पनी सामुदायिक लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक र सिक्लेस हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । सप्तकोशी विकास बैंकको ९.८९, धौलागिरि लघुवित्तको ९.८४, नारायणी डेभलपमेन्टको ८.४६, दोल्ती पावरको ८.१०, युनाइटेड इदी मर्दीको ७.४० तथा सपोर्ट माइक्रोफाइनान्सको ६.९३ प्रतिशत मूल्य बढ्यो ।

सुपर मादी र मन्दाकिनी हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । जानाकी फाइनान्सको ७.४७, पोखरा फाइनान्सको ५.७४ तथा नेपाल फाइनान्सको ४.७४ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा सप्तकोशी विकास बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर, युनाइटेड इदी मर्दी, सिन्धु विकास बैंक र हिमालयन रिइन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१०.२४°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन