fbpx

५२ अंकले बढ्यो सेयर बजार,९अर्ब २०करोडको कारोबार

author

समाचारपाटी

३ हप्ता अगाडि

काठमाडौं । बुधबार सेयर बजार ५२.३६ अंक (२ प्रतिशत) बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६६५ अंकमा कायम भएको छ । बजार दिनभर हरियाली रह्यो । परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब १९ करोडको कारोबार भएकोमा आज ९ अर्ब २० करोडको भयो । कुल १९६ कम्पनीको मूल्य बढ्दा ३७ को घट्यो भने ९ को स्थिर रह्यो ।

सबै सेक्टरका सूचक बढेका छन् । अन्य समूह सबैभन्दा धेरै ४.२४ प्रतिशत बढ्यो । बैंकिङ १.३२, विकास बैंक २.७४, फाइनान्स ०.८९, होटल तथा पर्यटन २.७१, हाइड्रोपावर २.१२, लगानी ३.८२, जीवन बीमा १.८९, माइक्रोफाइनान्स १.०७, उत्पादन ०.०८, निर्जीवन बीमा १.००, व्यापार २.४५ प्रतिशत बढे ।

आज ‘हाइक्याप’ कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । धेरै मूल्य बढ्ने कम्पनीमा एचआईडीसीएल, निफ्रा, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्सजस्ता ‘हाइक्याप’ कम्पनी पनि अगाडि देखिएका छन् । दुई कम्पनी कर्पोरेट डेभलपमेन्ट बैंक र दोल्ती पावरको मूल्य १० प्रतिशत बढ्यो । ग्रीन डेभलपमेन्टको ९.८, एचआईडीसीएलको ८.४, सुपरमादी हाइड्रोपावरको ८.२ प्रतिशत मूल्य बढ्यो ।

बाराही हाइड्रोपावरको मूल्य ८.२ प्रतिशत घट्यो । रिभर फल्स पावरको ५.६, विन नेपाल लघुवित्तको २.८ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रिइन्स्योरेन्स, सीएचडीसी र सप्तकोशी विकास बैंक क्रमशः अगाडि देखिए ।


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१३.२°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन