fbpx

बढ्यो सेयर बजार, ५ अर्ब ८२ करोडको कारोबार

author

समाचारपाटी

४ हप्ता अगाडि

काठमाडौं । बुधबार नेपालको सेयर परिसूचक (नेप्से) १.८३ अंकले बढेको छ । अघिल्लो कारोबार दिन सोमबार १५५४ अंकले घटेर २५९४.१३ अंकमा बन्द भएको नेप्से आज २५९५.९६ अंक पुगेको हो । विकास बैंक, होटल र जलविद्युत् क्षेत्रका उपसूचक राम्रै बढे पनि बैंक, फाइनान्स लगायत क्षेत्र घटेपछि समग्रमा नेप्से सिमान्त रूपमा मात्रै सकारात्मक बनेको हो ।

बुधबार सेयर बजारमा ५ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको छ । यो सोमबारको कारोबार रकमको तुलनामा कम हो । सोमबार ६ अर्ब ६५ करोडको कारोबार भएको थियो । आज सबैभन्दा धेरै जलविद्युत् उपसमूह १.७६ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन क्षेत्र १.६३ प्रतिशतले वृद्धि भएको छ।

त्यस्तै घट्नेमा भने फाइनान्स उपसूचक अगाडि देखिएको छ । फाइनान्स कम्पानीका सेयर औसतमा साढे ३ प्रतिशतले घटेका छन् । बुधबार दोल्ती पावर र सुपर मादी जलविद्युत् कम्पनीको सेयर सकारात्मक सर्किटको स्तरमा कारोबार भए ।

त्यस्तै, न्यादी जलविद्युत्को सेयर भने १० प्रतिशतको नकारात्मक सर्किटमा कारोबार भयो । पोखरा फाइनान्स, जानकी फाइनान्स, नेपाल फाइनान्स लगायत कम्पनीको सेयरमा पनि उच्च गिरावट आएको छ ।

कारोबारका हिसाबले भने सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको साढे ३२ करोडको कारोबार भयो भने सुपर मादी हाइड्रोको करिब ३१ करोडको कारोबार भएको छ। बुधबार कुल २ सय ९९ कम्पनीको १ करोड ७ लाख कित्ता सेयर किनबेच भएको छ ।


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैन :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर