fbpx

चार दिनपछि सेयर बजारमा करेक्सन

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा एकल अंकको करेक्सन आएको छ। साताको चारदिन निरन्तर उकालो लागेको नेप्से परिसूचक आज ८.३० अंकले घटेको हो। साताको चार कारोबार दिन आइतबार, सोमबार, मंगलबार र बुधबार नेप्से परिसूचकले निरन्तर उकालो यात्रा तय गरेको थियो। नेप्से परिसूचक आइतबार १३ सोमबार १५ ,मंगलबार ३३ र बुधबार ३८.८१ अंकले बढेर बन्द भएको थियो। नेप्से घटेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ। बुधबार ९ अर्ब माथिको सेयर कारोबार भएको थियो। आज ३०७ स्क्रिप्सको १ करोड ६६ लाख ६३ हजार ३५५ कित्ता सेयर ८ अर्ब ५४ करोड ५५ लाख २५ हजार ३७३ रुपैयाँमा खरिदबिक्री भए।

एकल अंकले घटेको सेयर बजारमा दुईवटा कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बिशाल बजार कम्पनी र विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको हो। यसैगरी सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर ९.९८ प्रतिशतले बढ्दा पाँचथर पावरको ८.३३ प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेसनको ८.११ प्रतिशतले बढेको हो।

आज मानुषी लघुवित्त वित्तीयका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा एक्सेल डेभलपमेन्ट बैंक शीर्षस्थानमा रह्यो। सो कम्पनीले ३१ करोड मूल्य बराबरको सेयर कारोबार गर्‍यो। नेपाल फाइनान्सको २९ करोडको सेयर कारोबार हुँदा मितेरी डेभलपमेन्ट बैंकक २७ करोड,जानकी फाइनान्सको २३ करोड र नगदी ग्रुपको २० करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये ५० स्टक्सको मूल्य बढ्दा १९४ वटाको घट्यो । १३ वटा समूहको उपसूचक घट्दा ३ वटाको मात्रै बढ्यो। डेभलपमेन्ट बैंक,लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहका उपसूचक सकारात्मक देखिएका हुन्।


काठमाडौं

शनिबार, माघ १२, २०८१

१०.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन